2 years ago
September 28, 2023
एजेन्सी – मध्यक्रमका प्रमुख ब्याटर मार्नस लाबुसेनलाई अष्ट्रेलियाले अर्को सातोदेखी भारतमा सुरु हुने एकदिवसीय विश्वकपको लागि टोलीमा समेटेको छ । अष्ट्रेलियाले लाबुसेनलाई विश्वकप टोलीमा सुरुवातमा नराखेपछि सिरिजमा सानदार प्रदर्शन पछि अन्तिम १५ मा राखेको हो । लाबुसेन टोलीमा पर्दा एश्टन अगर टोलीबाट बाहिरिएका छन् ।

लाबुसेनले दक्षिण अफ्रिकाविरुद्ध तीन साता अघि सुरुवाती दुई खेलमा ८० र १ सय २४ रनको शतकीय इनिङ खेलेका थिए । त्यस्तै भारतविरुद्ध तीन ओडिआई सिरिजमा लाबुसेनले ७२, २७ र ३९ रन बनाएका थिए । २९ वर्षीय लाबुसेनले ३८ ओडिआई खेलमा २ शतक र ८ अर्धशतकसहित १२ सय ६८ रन बनाएका छन् ।
उनको आगमनले अष्ट्रेलियाको ब्याटिङ थपमजबुत बन्नेछ । अष्ट्रेलियामा स्टिभ स्मिथ, डेविड वार्नर, मार्नस लाबुसेन र मिचेल मार्श जस्ता चर्चित ब्याटर टोली छन् । क्यामरन ग्रीन, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेल जस्ता म्याच विनर अलराउन्डर हुँदा टोली मजबुत बनेको छ ।
अष्ट्रेलियाले शनिबार नेदरल्यान्ड्स र मंगलबार पाकिस्तानसँग वार्मअप खेल खेल्नेछ । ८ अक्टोबरमा चेन्नईमा भारतसँग खेल्दै अष्ट्रेलियाले विश्वकपमा सुरुवात गर्नेछ । विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलिया छैटौं पटक उपाधि जित्ने सोचमा हुनेछ । अष्ट्रेलियाले हालसम्म पाँच पटक उपाधि जितेको छ ।
ट्रविस हेड टोलीमा भएपनि उनी सुरुवाती खेलहरु गुमाउने छन् । दक्षिण अफ्रिकाविरुद्ध हेडको औलामा चोट लागेको थियो । हेड नहुँदा वार्नर र एलेक्स केरीले ओपनिङ गर्ने सम्भावना छ ।
अष्ट्रेलियाको विश्वकप टोली :
प्याट कमिन्स (कप्तान), शन एबोट, एलेक्स केरी, क्यामरन ग्रीन, ट्रविस हेड, जोश इंग्लिस, मार्नस लाबुसेन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेविड वार्नर र एडम जाम्पा ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]