2 years ago
September 29, 2023
एजेन्सी – एक दिनमै सन्न्यास फिर्ता लिएका बंगलादेशका पूर्व ओडिआई कप्तान तमिम इकबाल अर्को सातादेखी भारतमा सुरु हुने विश्वकपको लागि टोली स्थान बनाउन सकेनन् ।

बंगलादेशले विश्वकप खेल्ने अन्तिम टोली घोषणा गर्दा तमिम समेटिएका छैनन् । गत जुलाईमा उनले भाुवन हुँदै एक्कासी तत्काल लागु हुनेगरि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । तर अर्को दिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेटेपछि सन्न्यास फिर्ता लिएका थिए ।
३४ वर्षीय तमिमले बंगलादेशबाट ७० टेस्ट, २ सय ४३ ओडिआई र ७८ ठि२० आई खेल खेलेका छन् । टेस्टमा उनले १० शतक र ३१ अर्धशतकसहित ५ हजार १ सय ३४ रन बनाएका छन् । ओडिआईमा १४ शतक र ५६ अर्धशतकसहित कुल ८ हार ३ सय ५७ रन बनाएका छन् ।
सन्न्यास पछि उनले यसै साता न्युजिल्यान्डसँग दुई खेल खेल्ने अवसर पाएका थिए । पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । दोस्रो खेलमा उनले ४४ रन बनाएका थिए । तर बंगलादेशले उनलाई टोलीबाट बाहिर राखेको छ । बंगलादेशले युवा ओपनर तान्जिद हसन तमिमलाई उनको स्थानमा टोलीमा मौका दिएको छ ।
सकिब अल हसनको कप्तानीमा बंगलादेशले युवा खेलाडीलाई प्राथमिकतामा राखेको छ । अनुभवी अलराउन्डर महमुदुल्लाह रियाद टोलीमा फर्किएका छन् । सकिब अल हसन, मुश्फिकुर रहिम र महमुदूल्लाह अनुभवी खेलाडीको रुपमा रहेका छन् ।
पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएका नाज्मुल हसन सान्टो र तौहिद हृदोय पनि टोलीमा छन् । बंगलादेशले आज श्रीलंकासँग वार्मअप खेल खेल्दैछ । बंगलादेशले अर्को वार्मअप खेल सोमबार खेल्नेछ । विश्वकपमा शनिबार अफगानिस्तानसँग खेल्दै सुरुवात गर्नेछ ।
बंगलादेशको टोली :
सकिब अल हसन (कप्तान), लिटन कुमार दास, तान्दिज हसन तमिम, नाज्मुल हसन सान्टो, तौहिद हृदोय, मुश्फिकुर रहिम, महमूदुल्लाह रियाद, मेहेदी हसन मिराज, नासुम अहमद, शेख मेहेदी हसन, तस्किन अहमद, मुश्ताफिजुर रहान, हसन मोहम्मद, शोरिफुल इस्लाम र तान्जिम हसन सकिब ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]