default_image

2 years ago

October 1, 2023

अभिनाश टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली खेलाडी

4703 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर अभिनाश बोहरा टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सलाई १ सय ३८ रनले हराउन अभिनाशले आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अल आउट भयो । नेपालको जितमा अभिनाश बोहराले ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिए ।

योसँगै उनी टि२० आईमा योसँगै ६ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि नेपालबाट सन्दीप लामिछाने र करण केसीले मात्रै टि२० आईमा एकै खेलमा ५–५ विकेट लिएका थिए ।

करणले २०२२ मार्चमा टियु क्रिकेट मैदानमा पपुवा न्युगिनीविरुद्ध ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए । सन्दीपले २०२२ अगष्टमा केन्याविरुद्ध ४ ओभरमा ९ रन खर्चेर ५ विकेट लिएका थिए ।

ओडिआईमा नेपालका सन्दीप लामिछानेले पपुवा न्युगिनीविरुद्ध २०२१ अलमरेतमा ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए । सन्दीपले नै २०२० मा अमेरिकाविरुद्ध ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

कुशल भुर्तेलले लिष्ट ए मान्यता प्राप्त खेलमा दुई महिनाअघि एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए विरुद्ध १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका थिए ।

टि२० आई इतिहासमा भने उत्कृष्ट प्रदर्शनको कीर्तिमान मलेसियाका तीव्र गतिका बलर स्याजरुल इद्रुको नाममा छ । उनले चीनविरुद्ध केहि महिना अघि मात्रै ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ७ विकेट लिएका थिए ।

अभिनाशले छैटौं ओभरको तेस्रो बलमा फरिद शिउसलाई १० रनमा कुशल भुर्तेलबाट क्याच गराउँदै पहिलो विकेट लिएका थिए । अभिनाशले लगत्तै चौथो बलमा बदिउ इस्माल नजावानलाई शून्यमा एलबीडब्लू आउट गरे । अन्तिम बलमा अभिनाशले थोलाल मोहम्मद रियानलाई शून्यमा एलबीडब्लू आउट गरे ।

अभिनाशले अन्तिम ओभरमा पहिलो बलमा हसैन साधिनलाई योर्करमा बोल्ड गरे । दोस्रो बलमा मिनुभान मोहम्मदलाई पनि योर्करमै बोल्ड गरेका थिए । उनी फेरि ह्याट्रिक बलमा चुकेका थिए । चौथो बलमा नासिर अलीलाई एलबीडब्लू आउट गर्दै ६ विकेट पूरा गरेका थिए । अभिनाशले आफ्नो अन्तर्राष्ट्रिय कुनैपनि क्रिकेट खेलमा पहिलो पटक ६ विकेट लिन सफल भएका हुन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.