default_image

9 years ago

January 19, 2017

भारतको विजयमा धोनी र युवराजको शतक

161 views

0 Bookmark

कटक (एजेन्सी) – भारत र इंग्ल्यान्डबिच जारि वान-डे शृंखला अन्तर्गत बिहिबार भएको दोश्रो खेलमा भारतका पुर्व कप्तान महेन्द्र सिंह धोनी र युवराज संघले शतक प्रहर गरेपछि भारत १५ रनले विजय भएको छ।

धोनी र युवराज

धोनी र युवराज

टस जितेर पहिलो बलिङ रोजेको इंग्ल्यान्डको लागि सुरुवात राम्रै रहेको थियो। भारत २५ रनको स्थितिमा हुँदा ओपनर राहुल र धवनसंगै कप्तान बिराट कोहली पेभेलियन फर्किसकेका थिए। तर चौथो विकेटका लागि युवराज सिंह र महेन्द्र सिंह धोनीले २ सय ६ रनको साझेदारी गरेपछि भारतले इङ्गल्यान्ड सामु ३ सय ८२ रनको लक्ष्य प्रस्तुत गर्यो।

युवराजले १२७ बलको सामना गर्दै ३ छक्का र २१ चौकको मद्दतले १५० रन बनाएका थिए। यो उनको वान डेमा सर्वोत्कृष्ट स्कोर पनि हो। महेन्द्र सिंह धोनीले पनि शतकीय परि खेल्दै छ छक्का र १० चौकको मद्दतले १२२ बलमा १३४ रन बनाए। इंग्ल्यान्डका लागि क्रिस वोक्सले चार विकेट लिएका थिए।

३ सय ८२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको इंग्ल्यान्डले ओपनर एलेक्स हेल्सलाइ १४ रनमै गुमाएपनि दोश्रो विकेटका लागि रोय र रुटले शतकीय साझेदारी निभाएका थिए। कप्तान ओईन मोर्गनले शतकीय पारी खेलेपनि अर्कोतर्फ लगातार विकेट झरेपछि इंग्ल्यान्ड जितको नजिक पुगेर पनि पराजित भएको थियो।

मोर्गनले ८१ बलमा छ चौका र पाँच छक्का प्रहार गर्दै १०२ रन बनाए। उनि ४९औं ओभरमा रनआउट भएका थिए। भारतका लागि आश्विनले ३ विकेट, बुमराहले दुइ विकेट र जडेजा र कुमारले १-१ विकेट लिए।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.