2 years ago
October 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको प्रशिक्षण आइपिएलको फ्रेन्चाइज टोली राजस्थान रोयल्सको एकेडेमी नागपुरमा गर्ने भएको छ ।

१९ औं एसियाली खेलकुद (एसियाड) खेलेर बिहीबार स्वदेश फर्किएको नेपाली क्रिकेट टोली आज नागपुर जाँदैछ।
नेपाली टोलीमा नभएका केहि खेलाडी भए यसअघि नै नागपुर पुगि सकेका छन् । क्यानले नेपाली टोलीले नागपुरमा १० दिन अभ्यास गर्ने जनाएको छ । त्यसपछि नेपाली क्रिकेट टोली त्रिकोणात्मक सिरिज र विश्वकप छनोट खेल्न नेपाल फर्किनेछ ।
आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।
फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपाल २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचमा हुनेछ ।
विश्वकप छनोट अघि नेपालले तीन देश सम्मिलित टि२० आई त्रिकोणात्मक सिरिज पनि खेल्नेछ । विश्वकप छनोट अघि नेपाल, युएई र हङकङबीच असोज ३० देखि कार्तिक ९ गते (अक्टोबर १७ देखि २६) सम्म मुलपानी र टियु क्रिकेट मैदानमा त्रिकोणात्मक सिरिज आयोजना हुनेछ ।
त्रिकोणात्मक सिरिजका खेल फाइनल बाहेक अन्य सबै मुलपानी मैदानमा हुनेछन् । विश्वकप छनोटका सबै खेल नेपालले टियु क्रिकेट मैदानमा खेल्नेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]