2 years ago
October 8, 2023
एजेन्सी – अष्ट्रेलिया २१ वर्षीय युवा ब्याटर ज्याक फ्रेजर म्याक गुर्कले दक्षिण अफ्रिका पूर्वकप्तान एवि डिभिलियर्सको कीर्तिमान तोड्दै २९ बलमै शतक हानेका छन् । अष्ट्रेलियाको लिष्ट ए मान्यता प्राप्त चर्चित घरेलु प्रतियोगिता द मार्श कपमा उनले साउथ अष्ट्रेलियाबाट तस्मानियाविरुद्ध २९ बलमै शतक हानेका हुन् ।

उनी लिष्ट ए खेलमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । यसअघि दक्षिण अफ्रिकाका एवि डिभिलियर्सले वेस्टइन्डिजविरुद्ध ओडिआई खेलमा ३१ बलमा २०१५ मा शतक हानेका थिए । उक्त कीर्तिमान तोड्दै लिष्ट ए मा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका हुन् ।
टि२० क्रिकेटमा सर्वाधिक छिटो ३० बलमा छ । क्रिस गेलले २०१३ मा पुणे वारियर्सविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरबाट ३० बलमै शतक हानेका थिए । टि२० आईमा भने सर्वाधिक छिटो शतक नेपालका कुशल मल्लले दुई साता अघि मंगोसियाविरुद्ध ३४ बलमै शतक हानेका थिए । अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी पनि हुन् ।
क्रिकेट इतिहासकै सर्वाधिक छिटो शतक भने इंग्ल्यान्डका विल ज्याकले २५ बलमै शतक हानेका छन् । सन् २०१९ मा दुबईमा सर्रेबाट ल्याङ्कशायरविरुद्ध टि१० खेलमा २५ बलमा ११ छक्का र ८ चौकासहित शतक हानेका थिए । तर टि१० क्रिकेटलाई अन्तर्राष्ट्रिय मानिदैन । पाकिस्तानमा एक टि१० मैत्रीपूर्ण खेलमा बाबर आजमले २६ बलमा ११ छक्का र ७ चौकासहित शतक हानेका थिए ।
लिष्ट ए, प्रथम श्रेणी, टि२०, टि२० आई, ओडिआई र टेस्ट खेललाई अन्तर्राष्ट्रिय मान्यता मानिन्छ । यी सबै क्रिकेटको सर्वाधिक छिटो शतक ज्याकले हानेका हुन् । त्यसैले अव उनी अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् ।

साउथ अष्ट्रेलियाले जितको लागि ४ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको थियो । ज्याकको विष्फोटक ब्याटिङको सहयोगमा साउथ अष्ट्रेलियाले १० ओभरमा १ सय ६८ रन कुनै विकेट नगुमाई बनाएको थियो । तेस्रो ओभरमा उनले साम रेनबर्डलाई चार छक्का र दुई चौकासहित कुल ३२ रन प्रहार गरेका थिए ।
सातौं ओभरमा ब्राड्ली होपलाई तीन छक्का र एक चौकासहित कुल २२ रन हानेका थिए । अष्ट्रेलिया चर्चित तीव्र गतिका बलर बिल्ली स्टेनलेकलाई नवौं ओभरमा लगातार तीन छक्का हानेपछि शतक नजिक पुगेका थिए । त्यसै ओभरमा पाँचौं बलमा चौका र अन्तिम बलमा एक रन बटुल्दै २९ बलमा शतक पूरा गरेका थिए ।
दशौं ओभरमा उनले प्याट्रिक डुली लगातार चार चौकार १ छक्का हानेका थिए । १२ औं ओभरको चौथो बलमा बेआउ वेबस्टरले उनलाई क्याच आउट गराएका थिए । ज्याक ३८ बलमा १० चौका र १३ छक्कासहित १ सय २५ रनको विष्फोटक शतकीय इनिङ खेल्दै आउट भएका छन् ।
ज्याक फ्रेजर म्याक गुर्कलाई अष्ट्रेलिया ब्याटिङको भविष्य समेत मानिन्छ । २०२० को यू१९ विश्वकपमा बाँदरले कोपरेपछि उनी घर फर्किनु परेको थियो ।
यो पनि पढ्नुहोस् : बाँदरले कोपरेपछि अष्ट्रेलियन खेलाडी घर फर्किए
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]