default_image

2 years ago

October 12, 2023

देव यू१९ मा दुई शतक हान्ने पहिलो नेपाली खेलाडी

18201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटर देव खनाल नेपालबाट यू-१९ क्रिकेटमा दुई शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । मलेसियामा जारी यू१९ प्रिमियर कपमा इरानविरुद्ध शतक हानेसँगै देवले उक्त कीर्तिमान बनाएका हुन् । देव ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनमा आउट भएका छन् । उनी शतक हाने लगत्तै आउट भएका थिए ।

देवको यू१९ मा यो दोस्रो शतक हो । उनले गत फागुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए । उनकै उच्च प्रदर्शनमा नेपालले ८ वर्षपछि यू१९ विश्वकपमा स्थान बनाएको थियो ।

नेपालबाट यसअघि एकै उमेर समूहमा कुनैपनि खेलाडीले दुई शतक हानेका थिएनन् । रित गौतम दुई फरक उमेर समूहमा शतक हान्ने एक्लो खेलाडी हुन् । उनले यू१६ र यू१९ दुबैमा नेपालबाट शतक हानेका छन् ।

नेपालबाट यू१९ क्रिकेटमा शक्ति गौचन, कनिष्क चौलागाई, राजु रिजाल, रित गौतम, अर्जुन कुमाल र देव खनालले यू१९ मा शतक हानेका छन् ।

पूर्व कप्तान पारस खड्का सिनियर टोलीबाट सर्वाधिक पाँच शतक हान्ने खेलाडी हुन् । देवले नेपालबाट १० ओडिआई खेलमा २ अर्धशतकसहित कुल २ सय ५३ रन बनाएका छन् । देव नेपाली ब्याटिङको भविष्यको रुपमा हेरिदै आएका छन् ।

उनले २०२२ मा पपुवा न्युगिनीविरुद्ध पहिलो ओडिआई खेलमा टियु क्रिकेट मैदानमा सिनियर टोलीमा डेब्यू गरेका थिए । त्यसै सिरिजको दोस्रो खेलमा उनले ७२ रन बनाएका थिए । आइसिसी विश्वकप लिग २ मा घरेलु टोली अमेरिकाविरुद्ध पनि उनले अर्धशतक प्रहार गरेका थिए ।

गतवर्ष उनी केन्या भ्रमणपछि १० महिना नेपाली टोली बाहिर हुनु परेको थियो । नेपालले दुई महिना अघि श्रीलंकामा सम्पन्न एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि देवलाई सिनियर टोलीमा मौका दिएको थियो ।

भारत ए सँग १५ र युएई ए सँग २४ रनमा आउट भएका थिए । देवले लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनलाई नेपालको तेस्रो नम्बरको दीर्घकालिन ब्याटरको रुपमा समेत हेरिदै आएको छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.