default_image

2 years ago

October 12, 2023

इरानविरुद्ध नेपालको सानदार बलिङ

5178 views

0 Bookmark

एजेन्सी – नेपालले यू१९ प्रिमियर कपमा इरानविरुद्ध बलिङमा पनि सानदार प्रदर्शन गरेको छ । जितका लागि ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरानले १९ ओभरमा ५ विकेट गुमाउँदा ५६ रन बनाएकोछ ।

इरानका ओपनर आमेर खोर्सन्द २२ बलमा १ चौका र ५ छक्कासहित ३७ रनमा आउट भए । उनी आकाश चन्दको बलमा मिलन बोहराबाट क्याच आउट भएका थिए । अन्य इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

समान शेखीलाई सुवास भण्डारीले ५ रनमा बोल्ड आउट गरे । सलमान निजामान्द दीपेश कँडेलको बलमा १ रनमा बोल्ड आउट भए । दीपेशले अर्सलान शेखीलाई २ रनमा बोल्ड आउट गरे । सलिम ताल २ रनमा सुवास भण्डारीको बलमा क्याच आउट भए । नेपालका सुवास भण्डारी र दीपेश कँडेलले दुई दुई विकेट लिएका छन् ।

त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.१ ओभरमा ३ सय ५६ रनमा अल आउट भएको थियो । नेपालका देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.