default_image

2 years ago

October 15, 2023

नेपालविरुद्ध बहराइनको कछुवा गतिमा ब्याटिङ

2960 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनले एसिसी यू१९ प्रिमियर कपमा नेपालविरुद्ध कछुवा गतिमा ब्याटिङ गरेको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले २१ ओभरमा ४ विकेट गुमाउँदै ३३ रन बनाएको छ ।

बहराइनका मोहम्मद बासिल अब्दुल हाकिम ४५ बलमा १ चौकासहित ९ रनमा क्रिजमा छन् । अभिनव २८ बलमा २ रनमा क्रिजमा छन् । नेपालका दीपेश कँडेलले ५ ओभरमा ४ मेडनसहित १ रन खर्चेर २ विकेट लिएका छन् । दुर्गेश गुप्ताले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर २ विकेट लिएका छन् ।

ओपनर तथा कप्तान ऋषभ रमेशलाई स्पिनर दीपेश कँडेलले ६ रनमा एलबीडब्लू आउट गरे । दीपेशले नै आयन ओबैद सैइदलाई ३ रनमा बोल्ड गरे । तीव्र गतिका बलर दुर्गेश गुप्ताले मोहम्मद आदिल नवाज शेर लाल खानलाई शून्यमा बोल्ड गरे । दुर्गेशले साई सार्थक वैद्दराजुलाई २ रनमा उत्तमथापा मगरबाट क्याच आउट गराए ।

नेपालले पहिलो खेलमा इरानमाथि २ सय ७४ रनको सानदार जित हात पारेको थियो । नेपालले अन्तिम खेल कार्तिक २ मा साउदी अरेवियासँग खेल्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।

समूह ए मा नेपाल १ खेलमा २ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलका साथ २ अंक नै भएपनि साउदी अरेविया दोस्रो स्थानमा छ । बहराइन र इरान भने जित विहीन हुँदै तेस्रो र चौथो स्थानमा छन् । नेपाल आजको खेलमा विजयी हुँदा सेमिफाइनल सम्भावना मजबुत बन्नेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.