default_image

2 years ago

October 15, 2023

इंग्ल्यान्डमाथि अफगानिस्तानको ऐतिहासिक जित

5058 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानले आइसिसी विश्वकप २०२३ मा साविक विजेता इंग्ल्यान्डमाथि ६९ रनको ऐतिहासिक जित हात पारेको छ । अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप विजेता इंग्ल्यान्डलाई हराएको छ ।


जितको लागि २ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४०.३ ओभरमा २ सय १५ रनमा अल आउट भयो । इंग्ल्यान्डका ह्यारी ब्रुकले ६१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६६ रन बनाए । तर त्यो जितको लागि पर्याप्त थिएन । ब्रुक बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका स्पिनरले उत्कृष्ट ब्याटिङ लाइनअप भएको इंग्ल्यान्डलाई सुरुवात देखी नै दबाबमा राखेका थिए ।

तीव्र गतिका बलर फजलहक फारुकीले दोस्रो ओभरको पहिलो बलमा ओपनर जोनी बेयरस्टोलाई २ रनमा एलबीडब्लू आउट गरे । सातौं ओभरको पाँचौं बलमा मुजिब उर रहमानले जो रुटलाई ११ रनमा बोल्ड आउट गरे । त्यसपछि इंग्ल्यान्ड दबाबमा आउँदा खुलेर रन बनाउन सकेन ।

डेविड मलान ३९ बलमा ४ चौकासहित ३२ रनमा आउट भए । स्पिनर मोहम्मद नाबीले मलानलाई एक्स्ट्रा कभरमा इब्राहिम जद्रानबाट क्याच आउट भए । तीव्र गतिका बलर नविन उल हकको इनस्वींग बलमा जस बटलर ९ रनमा बोल्ड आउट भएपछि इंग्ल्यान्ड १७.२ ओभरमा ९१–४ को अवस्थामा पुगेको थियो ।

राशिद खानले लियाम लिभिङस्टोनलाई १० रनमा एलबीडब्लू आउट गरे । नाबीको बलमा साम करन एज लागेर स्लिपमा रहमात शाहबाट १० रनमा क्याच आउट भए ।

मुजिबले क्रिस वोक्सलाई ९ रनमा बोल्ड आउट गरेपछि ३३ ओभरमा १६०–७ को दयनीय अवस्थामा पुगेको थियो । इंग्ल्यान्डले लगातार विकेट गुमाउँदा मध्यक्रमका ब्याटर ह्यारी ब्रुकले लगातार रन जोड्दै इंग्ल्यान्डको जितको आशा कायमै राखेका थिए ।


तर ३५ औं ओभरको दोस्रो बलमा ह्यारी ब्रुक मुजिबको बलमा कट बिहाइन्ड आउट भएपछि जितको सम्भावना समाप्त भएको थियो ।

अफगानिस्तानको जितमा मुजिब उर रहमानले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । राशिद खानले ९.३ ओभरमा १ मेडनसहित ३७ रन खर्चेर ३ विकेट लिए । मोहम्मद नाबीले ६ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । नविन र फजलहकले समान एक विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.४ ओभरमा २ सय ८४ रनमा अल आउट भएको थियो । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले ५७ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८० रन बनाए । उनी रन आउट भएका थिए ।

ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले १६।४ ओभरमा १ सय १४ रनको सानदार शतकीय साझेदारी गरेका थिए । स्पिनर आदिल राशिदले जो रुटबाट जद्रानलाई २८ रनमा क्याच आउट गराए ।

मध्यक्रमका ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । आदिल राशिदले रहमात शाहलाई ३ रनमा विकेटकिपर जस बटलरबाट स्टम्पिङ आउट गराएका थिए । जो रुटले हश्मातुल्लाह शाहिदीलाई १४ रनमा बोल्ड आउट गरेका थिए ।

आजमतुल्लाह ओमरजाई १९ र मोहम्मद नाबी ९ रनमा आउट भए । तल्लोक्रमका इक्रम अलीखिलले ६६ बलमा ३ चौका र २ छक्कासहित ५८ रन बनाए । मुजिब उर रहमान १६ बलमा ३ चौका र १ छक्कासहित २८ र राशिद खान २३ रनमा आउट भए ।

इंग्ल्यान्डका आदिल राशिदले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ३ विकेट लिए । मार्क वुडले ९ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । रिस टोप्ली, लियाम लिभिङस्टोन र जो रुटले एक एक विकेट लिए ।

इंग्ल्यान्ड पहिलो खेलमा न्युजिल्यान्डसँग ९ विकेटले पराजित भएको थियो । इंग्ल्यान्डले बंगलादेशलाई १ सय ३७ रनले हराएको थियो । इंग्ल्यान्डले अव शनिबार दक्षिण अफ्रिकासँग खेल्नेछ । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेट र भारतसँग ८ विकेटले हराएको थियो । अफगानिस्तानले अव बुधबार न्युजिल्यान्डसँग खेल्नेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.