2 years ago
October 17, 2023
एजेन्सी – भारतमा जारी विश्वकप क्रिकेटमा मंगलबार नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २ सय ४६ रनको लक्ष्य दिएको छ । वर्षाका कारण ४३ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले ८ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको छ ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले ६९ बलमा सर्वाधिक ७८ रनमा नटआउट रहे । उनले १० चौका र १ छक्का प्रहार गरेका हुन् । आर्यन दत्तले ९ बलमा २३ रन बनाउँदै नआउट रहे । उनले ३ छक्का प्रहार गरे ।
ओपनर विक्रमजित सिंह १६ बल खेल्दै मात्र २ रनमा आउट भए । अर्का ओपनर म्याक्स ओडाउडले २५ बलमा १८ रन जोड्ने क्रममा ४ चौका प्रहार गरे । कोलिन एकरम्यानले २५ बलमा एक चौका सहित १३ रन बनाए ।
बास डे लेडाले २ रन मात्र बनाउन सके। साइब्रान्ड अंगलब्रेक्तले १९ रन बनाउँदा लोगन भ्यान बिकले १० रन बनाए । रोलाफ भ्यान डर मर्वाले १९ बलमा २९ रन जोडे ।
दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को यानसन र कागिसो रबाडाले समान २ विकेट लिए । यस्तै जेरार्ड कोटजी र केशव माहाराजले भने समान १ विकेट लिए ।
विश्वकपमा दक्षिण अफ्रिकाले यस अघिका खेलेका दुबै खेल जितेको थियो भने नेदरल्यान्ड्सले दुबै खेल गुमएको थियो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]