2 years ago
October 17, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले स्पिनर सन्दीप लामिछाने विना खेल्दा टोलीको प्रदर्शनमा असर पर्ने बताएका छन् ।

टि ट्वान्टी विश्व कप अघि तयारीका रुपमा हेरिएको त्रिकोणात्मक श्रृंखला सुरु हुन अघिल्लो मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोहितले भने, ‘सन्दीप नहुँदा असर पर्छ नै । उहाँ कठिन समयबाट गुज्रिरहनुभएको छ । त्यसमा म धैरै जान चाहन्न ।’
नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङको सहभागितामा त्रिकोणात्मक श्रृखंला मुलपानी मैदानमा बुधबार सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवंम् प्रतियोगिताका निर्देशक पारस खड्काले त्रिकोणात्मक श्रृखंलाको फाइनल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने र बाँकी खेल मुलपानी क्रिकेट मैदानमा हुने जारी दिए ।
सन्दीपले केहि दिन अघि टोलीबाट नाम फिर्ता लिएका थिए । क्यान सचिव खड्काले सन्दीपले केहि समय विश्राम चाहेकोले त्यसको सम्मान गरिएको बताए । ‘केहि समय विश्राम चाहनुभएकोले हामीले त्यसलाई अस्वीकार गर्ने अवस्था हुन्न,’ खड्काले भने, ‘केहि समय परिवारसँग बिताउन चाहनुभएको छ । हामी सम्पर्कमा छौं । यो उहाँका लागि कठिन समय हो । आशा छ यो श्रृखंला पनि उहाँ फर्कनुहुनेछ ।’
नेपालले बुधबार युएईको सामना गर्दै श्रृखंलाको सुरुवात गर्दैछ । कप्तान रोहितले भारतको नागपुरको प्रशिक्षण राम्रो रहेको उल्लेख गर्दै त्रिकोणात्मक श्रृखंला टि ट्वान्टी विश्वकप छनोट अघिका लागि अर्को राम्रो अवसर भएको बताए । चीनमा सम्पन्न एसियाली खेलकुदमा टि ट्वान्टी खेलेको र भारतमा पनि राम्रो अभ्यास भएकोले टोलीले त्यहि अनुरुपले मानसिकता तयार पारेको बताएका छन् । एसोसिएट राष्ट्रका नेपाल र युएई परिचित प्रतिद्वन्द्वी हुन् ।
युएईका कप्तान मोहम्मद वासिमले नेपाल राम्रो टोली भएको अनुभव सुनाउँदै आफुहरु राम्रो क्रिकेट खेलेर उपाधि जित्ने लक्ष्यमा रहेको बताए । सोही अवसरमा नेपालका रोहित र युएईका कप्तान वासिमले त्रिणोणात्मक श्रृखंलाको ट्रफी सार्वजनिक गरेका थिए ।

क्यानको निर्वाचन पछि पहिलो प्रतियोगिता आयोजना गर्न लागेको जनाउँदै क्यानका सचिव खड्काले भने, ‘छोटो समय उहाँहरुको प्रस्ताव आएपछि हामीले पनि टोलीलाई टि ट्वान्टी विश्वकप छनोट अघि राम्रो तयारी हुन्छ भनेर आयोजनाका लागि तयार भउका हौं । महान चाडकाबीच क्रिकेट राखिए पनि खेलाडीहरूले यसलाई नै उत्सवका रूपमा लिएर खेल्ने आशा छ ।’
सचिव खड्काले मैदानमा आउन सक्ने दर्शकले टोलीको हौसला बढाउने र आउन नसक्ने दर्शकले प्रत्यक्ष प्रसारणमार्फत खेलको मनोरञ्जन लिने बताए । उनले त्रिकोणत्मक श्रृंखलाको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने उनले जानकारी दिए ।
नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ । हङकङ र युएई कात्तिक ५ र ८ गते एकअर्काको सामना गर्नेछन् । अंकतालिकाको शीर्षमा रहने टोलीले उपाधिका लागि कात्तिक १० गते प्रतिस्पर्धा गर्नेछन् ।
नेपालको टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जि.सी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]