2 years ago
October 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा युएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितले जितेर उक्त निर्णय लिएका हुन् ।

नेपालले लेग स्पिनर श्याम ढकाललाई आजको खेलमा डेब्यू दिएको छ । भारतसँगको खेलबाट नेपाली टोलीमा भए परिवर्तन भएको हो । स्पिनर सन्दीप लामिछाने टोलीमा छैनन् । त्यसैको कारण नेपालले उनको स्थानमा श्यामलाई डेब्यू दिएको हो ।
नेपालको टोलीमा ललितनारायण राजवंशी, सूर्य तामाङ, सागर ढकाल र श्याम ढकाल स्पिनर रुपमा थिए । ललित अघिल्लो महिना घाइते हुँदा ब्यूटीबोनको शल्यक्रिया गर्नुपरेको थियो । उनी पूर्ण रुपमा फिट नभएपछि श्यामले डेब्यू पाएका हुन् । श्यामले एसिसी इमर्जिङ टिम्स ए एसिया कपमा युएई ए विरुद्ध खेलेका थिए । पछिल्लो समय उनी नेपाली टोलीमा परेपनि खेल्ने मौका पाएका थिएनन् ।
नेपालको प्लेइङ(११ः
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, अभिनाश बोहरा, श्याम ढकाल ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]