default_image

2 years ago

October 18, 2023

लाथम र फिलिप्सको उत्कृष्ट ब्याटिङमा अफगानिस्तानलाई चुनौतीपूर्ण लक्ष्य

1495 views

0 Bookmark

एजेन्सी – कप्तान टम लाथम र ग्लेन फिलिप्सको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानलाई २ सय ८९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८८ रन बनायो ।

न्युजिल्यान्डका ग्लेन फिलिप्सले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । कार्यवाहक कप्तान तथा विकेटकिपर टम लाथमले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रनको कप्तानी इनिङ खेले ।

एक समय ११०-४ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई खेलमा फर्काउन लाथम र फिलिप्सले पाँचौं विकेटका लागि १ सय ४४ रनको सानदार शतकीय साझेदारी गरेका थिए । यी दुबै ब्याटर नविन उल हकको ४८ औं ओभरमा आउट भएका थिए ।

न्युजिल्यान्डलाई ओपनर डेभन कन्वे र विल योंगले ६.३ ओभरमा ३० रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । कन्वे मुजिब उर रहमानको बलमा २० रनमा एलबीडब्लू आउट भए । तर दोस्रो विकेटका लागि विल योंग र रचिन रविन्द्रले ७९ रनको साझेदारी विशाल योगफलको सम्भावना देखाएका थिए ।

रविन्द्र ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रनमा आउट भए । उनी आजमतुल्लाह ओमरजाईको बलमा बोल्ड भएका थिए ।
त्यसै ओभरमा विल योंग पनि क्याच आउट भएका थिए ।

विल योंग ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । राशिद खानले डर्याल मिचेललाई १ रनमा क्याच गराएपछि न्युजिल्यान्ड १०९-१ को अवस्थाबाट ११०(४ को दयनीय अवस्थामा पुगेको थियो ।

तर त्यसपछि लाथम र फिलिप्सको शतकीय साझेदारीमा न्युजिल्यान्ड खेलमा फर्किएको थियो । मार्क च्यापम्यान १२ बलमा २ चौका र १ छक्कासहित २५ र मिचेल सान्टनार ७ रनमा नट आउट रहे ।

अफगानिस्तानका आजमतुल्लाह ओमरजाईले ७ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए । नविन उल हकले ८ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । राशिद खानले १० ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । मुजिब उर रहमानले १० ओभरमा ५७ रन खर्चेर १ विकेट लिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.