default_image

2 years ago

October 19, 2023

दीपेशको लगातार दोस्रो खेलमा ६ विकेट

4939 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका बायाँ हाते स्पिनर दीपेश कँडेलले एसिसी यू१९ प्रिमियर कपमा लगातार दोस्रो खेलमा ६ विकेट लिएका छन् । मलेसियामा जारी प्रतियोगितामा साउदी अरेवियालाई ३ सय १ रनको फराकिलो अन्तरले हराउन दीपेशले सानदार बलिङ गरेका छन् ।

दीपेशले ९.१ ओभरमा १८ रन खर्चेर ६ विकेट लिएपछि जितको लागि ३ सय ४८ रनको विशाल विजयी लक्ष्य पछ्याएको साउदी अरेविया ४६ रनमा अल आउट भएको थियो ।

दीपेशले यसअघिको खेलमा बहराइनविरुद्ध ९.५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिएका थिए । बहराइनविरुद्ध उनले ५९ मध्य ५७ बल डट राखेका थिए ।

पहिलो खेलमा इरानविरुद्ध उनले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिएका थिए । जारी प्रतियोगितामा दीपेश सर्वाधिक विकेट लिने बलर हुन् । सानदार प्रदर्शन गर्दै आएका दीपेशले मात्रै ३ खेलमा १५ विकेट लिँदै सनसनी मच्चाएका छन् ।

गत फागुनमा नेपाललाई आइसिसी यू-१९ विश्वकप २०२४ मा पुर्याउन ह्याट्रिक लिँदै उनले अविश्वसनीय प्रदर्शन गरेका थिए । आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई ७ रनले हराउन दीपेश नायक बनेका थिए ।

४८ औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिँदै नेपालको विश्वकपमा स्थान पक्का गराएका थिए । दीपेशको ५ विकेटको सहयोगमा नेपालले ८ वर्षपछि विश्वकपमा स्थान बनाउन सफल भएको थियो ।

युएईलाई जितको लागि १८ बलमा ११ रन चाहिँदा दीपेशले बलिङ गर्न आएका थिए । युएईको हातमा ३ विकेट थियो । तर दीपेशले अन्तिम तीन बलमा लगातार विकेट लिँदै नेपाललाई विश्वकपमा पुर्याएका थिए । उक्त खेलमा दीपेशले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ५ विकेट लिएका थिए ।

प्रिमियर कपमा दीपेशको उच्च बलिङ प्रदर्शनको सहयोगमा नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो ।

सेमिफाइनल कार्तिक ५ गते (अक्टोबर २२) मा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि कार्तिक ७ ९अक्टोबर २४० मा प्रतिस्पर्धा हुनेछ । नेपालले सेमिफाइनलमा समूह डी को विजेतासँग खेल्नेछ । समूह डी मा जापाना, हङकङ र मलेसिया मध्य एक समूह विजेता बन्नेछन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.