default_image

2 years ago

October 19, 2023

नेपालको लगातार दोस्रो जित

4484 views

0 Bookmark

मुलपानी –हाम्रो खेलकुद) नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा हङकङलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । दोस्रो जितसँगै नेपाल फाइनल नजिक पुगेको छ ।

जितको लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान रोहित पौडेल २० बलमा १ चौका र २ छक्कासहित २५ रनमा नट आउट रहे । निजाकत खानलाई रोहितले विजयी छक्का प्रहार गरेका थिए ।

ओपनर आसिफ शेखले ३४ बलमा ६ चौकासहित सर्वाधिक ४२ रन बनाए । स्पिनर एहसान खानको बलिङ सामु नेपालका शीर्षक्रमका ब्याटरले संघर्ष गरेका थिए । खानको चौथो ओभरको दोस्रो बलमा कुशल भुर्तेल ८ रनमा बोल्ड आउट भए ।

उनकै बलमा कुशल मल्ल १ रनमा बोल्ड आउट भए । सन्दीप जोरा पनि एहसान खानकै बलमा ३ रनमा बोल्ड आउट भएका थिए । गुलशन झा ५ बलमा २ छक्कासहित १४ रनमा नट आउट रहे ।

हङकङका एहसान खानले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । यासिम मुर्तजाले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको थियो । नेपालको बलिङ सामु हङकङका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । मध्यक्रमका ब्याटरले यासिम मुर्तजाले ३६ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाए ।

पहिलो बलमै कप्तानलाई गुमाएको हङकङ त्यसपछि लगातार विकेट खस्दा सामान्य स्कोरमा सिमित हुन पुग्यो । उनी अभिनाश बोहोराको ५० औं टि२०आई विकेट बनेका थिए ।

इनिङको पहिलो बलमै करणको इनस्वींग बलमा कप्तान निजाकत बोल्ड भएका थिए । त्यसपछि तीव्र गतिका बलरले लगातार विकेट लिएपछि शीर्षक्रम धराशायी बनेको थियो ।

तेस्रो ओभरको तेस्रो बलमा अंशुमन रथ करणकै बलमा कट बिहाईन्ड भए । चौथो ओभरको अन्तिम बलमा सोमपाल कामीले २ रन जोडेका मार्टिन कोट्जीलाई बोल्ड गरे ।

पाँचौ ओभरमा बाबर हायातले ठूलो सट खेल्दा कुशल भुर्तेलको हातबाट क्याच भए । करणको बलमा मिड अफमा कुशलले डाइभ दिँदै उत्कृष्ट क्याच गरे ।

एक समय ३३-५ को स्थितिमा रहेको हङकङलाई मुर्तजा र जिशान अलीले ३० रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याए । जिशानले २० बलमा २ चौकासहित १७ रन जोडे । उनी श्यामको राष्ट्रिय टोली करिअरको पहिलो शिकार बने । हङकङका ९ ब्याट्सम्यानले दोहोरो स्कोर जोड्न सकेनन् ।

नेपालका लागि करण केसीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । उनलाई अभिनाश बोहोराले २ तथा सोमपाल कामी, कुशल मल्ल र श्याम ढकालले १-१ विकेट लिए । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।

नेपालको खेल तालिका र समय

कार्तिक ४ (अक्टोबर २१) : नेपालविरुद्ध हङकङ, मुलपानी – दिउँसो ११ बजे

कार्तिक ६ (अक्टोबर २३) : नेपालविरुद्ध युएई, मुलपानी – दिउँसो ११ बजे

कार्तिक १० (अक्टोबर २७) : शीर्ष दुई टोली फाइनल, टियु मैदाान – दिउँसो ११ बजे

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.