default_image

2 years ago

October 19, 2023

भारतलाई बंगलादेशको मध्यम लक्ष्य

1904 views

0 Bookmark

एजेन्सी – बंगलादेशले आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतलाई २ सय ५७ रनको मध्यम लक्ष्य दिएको छ । पुणेमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५६ रन बनायो ।

बंगलादेशका ओपनर लिटन दासले ८२ बलमा ७ चौकासहित सर्वाधिक ६६ रन बनाए । अर्का ओपनर तानजिद हसन ४३ बलमा ५ चौका र ३ छक्कासहित ५१ रनमा आउट भए । बंगलादेशलाई ओपनर हसन र दासले १४.४ ओभरमा ९३ रन जोड्दै सानदार सुरुवात दिलाएका थिए ।

कुलदीप यादवले हसनलाई एलबीडब्लू आउट गरे । त्यसपछि बंगलादेशका ब्याटरले साझेदारी गर्न नसक्दा मध्यम योगफलमै रोकिएका हुन् ।

कप्तान नाज्मुल हसन शान्टो १७ बलमा ८ रन बनाउँदै रविन्द्र जडेजाको बलमा एलबीडब्लू आउट भए । मेहेदी हसन मिराज ३ रनमा क्याच आउट भए । लेग साइडमा सर्ट खेल्ने धुनमा राहुलले मिराजको क्याच उत्कृष्ट लिएका थिए ।

तौहिद हृदोय १६ रनमा आउट भए । मुश्फिकुर रहिम ४६ बलमा १ चौका र १ छक्कासहित ३८ रनमा आउट भए । महमुदूल्लाह रियाद ३६ बलमा ३ चौका र ३ छक्कासहित ४६ रनमा आउट भए । नासुम अहमदले १८ बलमा २ चौकासहित १४ रनमा आउट भए ।

भारतका रविन्द्र जडेजाले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । कुलदीप यादवले १० ओभरमा ४७ रन खर्चेर १ विकेट लिए । मोहम्मद शिराजले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर २ विकेट लिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.