2 years ago
October 19, 2023
एजेन्सी – विराट कोहलीको सानदार शतकमा उपाधिको दाबेदार घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा लगातार चौथो जित हात पारेको छ । बंगलादेशलाई ७ विकेटले हराउँदै भारतले सेमिफाइनल सम्भावना मजबुत बनाएको छ ।

जितको लागि २ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४१.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । विराट कोहली ९७ बलमा ६ चौका र ४ छक्कासहित १ सय ३ रनमा नट आउट रहे । टिमको लागि जित निकाल्न दुई रन आवश्यक पर्दा कोहलीले नासुम अहमदलाई छक्का हान्दै खेल सकाउनुको साथै शतक पूरा गरेका थिए ।
भारतलाई जितको लागि २० रन चाहिँदा कोहलीलाई पनि शतक बनाउन त्यतिनै चाहिँएको थियो । त्यसपछि कोहलीले शतकमा ध्यान दिएका थिए । कोहलीको यो ओडिआई करिअरको ४८ औं शतक हो ।
ओडिआईमा सर्वाधिक धेरै शतक सचिन तेन्दुलकुरले ४९ औं शतक प्रहार गरेका छन् । उक्त कीर्तिमान तोड्न अव दुई शतक मात्रै बाँकी छ ।

लोकेश राहुल ३४ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे । भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले १२.४ ओभरमा ८८ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । रोहित शर्मा ४० बलमा ७ चौका र २ छक्कासहित ४८ रनमा आउट भए । गिल ५५ बलमा ५ चौका र २ छक्कासहित ५३ रनमा आउट भए ।
बंगलादेशका मेहेदी हसन मिराजले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । हसन मोहम्मदले एक विकेट लिए ।
त्यसअघि पुणेमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५६ रन बनाएको थियो । बंगलादेशका ओपनर लिटन दासले ८२ बलमा ७ चौकासहित सर्वाधिक ६६ रन बनाए ।

अर्का ओपनर तानजिद हसन ४३ बलमा ५ चौका र ३ छक्कासहित ५१ रनमा आउट भए । बंगलादेशलाई ओपनर हसन र दासले १४.४ ओभरमा ९३ रन जोड्दै सानदार सुरुवात दिलाएका थिए । तर त्यो सुरुवातलाई निरन्तरता दिन नसक्दा विशाल योगफल बनाउन चुकेको थियो ।
कुलदीप यादवले हसनलाई एलबीडब्लू आउट गरे । त्यसपछि बंगलादेशका ब्याटरले साझेदारी गर्न नसक्दा मध्यम योगफलमै रोकिएको थियो । जुन भारतलाई हराउन पर्याप्त रन थिएन ।
कप्तान नाज्मुल हसन शान्टो १७ बलमा ८ रन बनाउँदै रविन्द्र जडेजाको बलमा एलबीडब्लू आउट भए । मेहेदी हसन मिराज ३ रनमा क्याच आउट भए । लेग साइडमा सर्ट खेल्ने धुनमा राहुलले मिराजको क्याच उत्कृष्ट लिएका थिए ।
तौहिद हृदोय १६ रनमा आउट भए । मुश्फिकुर रहिम ४६ बलमा १ चौका र १ छक्कासहित ३८ रनमा आउट भए । महमुदूल्लाह रियाद ३६ बलमा ३ चौका र ३ छक्कासहित ४६ रनमा आउट भए । नासुम अहमदले १८ बलमा २ चौकासहित १४ रनमा आउट भए ।

भारतका रविन्द्र जडेजाले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । कुलदीप यादवले १० ओभरमा ४७ रन खर्चेर १ विकेट लिए । मोहम्मद शिराजले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिए ।
जस्प्रित बुमराहले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर २ विकेट लिए । भारतले पहिलो खेलमा अष्टेलियालाई ६ विकेट, अफगानिस्तानलाई ८ र पाकिस्तानलाई ७ विकेटले हराएको थियो । भारतले अव आइतबार न्युजिल्यान्डसँग खेल्नेछ ।
न्युजिल्यान्ड ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । भारत ४ खेलमा ८ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको थियो ।
इंग्ल्यान्डसँग १ सय ३७ र न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । बंगलादेशले अव २४ अक्टोबरमा दक्षिण अफ्रिकासँग खेल्नेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]