2 years ago
October 20, 2023
एजेन्सी – ओपनर डेविड वार्नर र मिचेल मार्शको सानदार शतकमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानलाई ३ सय ६८ रनको विशाल लक्ष्य दिएको छ । बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ६७ रन बनायो ।

डेविड वार्नरले १ सय २४ बलमा १४ चौका र ९ छक्कासहित सर्वाधिक १ सय ६३ रनको सानदार शतकीय इनिङ खेले । वार्नर हरिस रौफको ४३ औं ओभरको दोस्रो बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा लङअनमा क्याच आउट भए । वार्नरको यो विश्वकपको पाँचौं शतक हो । ओडिआई करिअरमा सातौं पटक १ सय ५० औं रन बनाएका हुन् ।
अष्ट्रेलियालाई ओपनर मिचेल मार्श र डेविड वार्नरले पहिलो विकेटका लागि ३३.५ ओभरमा २ सय ५९ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार बनाएका थिए । मार्श १ सय ८ बलमा १० चौका र ९ छक्कासहित १ सय २१ रनमा आउट भए । उनी शाहिन शाह अफ्रिदीको बलमा उस्मा मिरबाट क्याच आउट भएका थिए ।
लगत्तै अर्को बलमा ग्लेन म्याक्सवेल गोल्डेन डक आउट भए । उस्मान मिरको बलमा स्टिभ स्मिथ ७ रनमा कट एण्ड बोल्ड आउट भए । यी दुई ब्याटर बाहेक अन्यले भने ठूलो इनिङ खेल्न सकेनन् ।
मार्कस स्टोइनिस २१, जोश इंग्लिस १३, मार्नस लाबुसेन ८ र मिचेल स्टार्क २ रनमा आउट भए । प्याट कमिन्स ६ रनमा नट आउट रहे । पाकिस्तानलाई एक समय ४ सय माथि रन बनाउने अवसर थियो । तर अन्तिम १० ओभरमा ७० रन बनाउँदा ६ विकेट गुमाएको थियो ।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले १० ओभरमा ५४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । हरिस रौफले ८ ओभरमा ८३ रन खर्चेर ३ विकेट लिए । उस्मा मिरले ९ ओभरमा ८२ रन खर्चेर १ विकेट लिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]