2 years ago
October 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-१९ पुरुष राष्ट्रिय टोलीले एसिसी यू-१९ प्रिमियर कपको सेमिफाइनल खेलमा जापानसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । मलेसियाको बायोमास ओभलमा जापानका कप्तान कोजी हार्डग्रेभ एबीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपाल समूह ए र जापना समूह डी को विजेताको रुपमा सेमिफाइनल खेल्न लागेका हुन् । जापानले हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५७ रनले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो । हङकङविरुद्ध जापानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो ।
ओपनर आदित्य फड्केले ७९, निखिल पोलले ३३, ऋथिक सिभकुमारले ४४ रन बनाएका थिए । जापानले इन्डोनएसियालाई ३० रनमै अल आउट गरेको थियो । इन्डोनएसियालाई सस्तैमा अल आउट गर्न जापानका कजुमा काटो स्टाफोर्ड र चार्ली हिन्जले समान चार विकेट लिएका थिए ।
जापानले मलेसियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ६ रनले हराएको थियो । जापानका ओपनर आदित्य र निखिल राम्रो सम्भावना बोकेका ब्याटर हुन् । बलिङमा कजुमा र चार्ली प्रमुख बलिङ हतियार हुन् ।
नेपालले इरानलाई २ सय ७४ रन, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय १ रनले हराएको थियो । फाइनल मंगलबार हुनेछ । फाइनल पुग्ने दुई र तेस्रो स्थानमा रहने एक गरी तीन टोली आगमी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोली भिड्नेछन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]