2 years ago
October 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-१९ क्रिकेट टोलीले एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा जापानसँग खेलिरहेको छ । खेल २५ ओभरमा चल्दा वर्षाका कारण रोकिएको खेल वर्षा रोकिएर कभर हटेसँगै सुरु हुने तयारीमा छ ।

नेपालले २ विकेट गुमाएर १ सय ४० रनको राम्रो सुरुवात गरेको छ । टोलीका लागि ओपनर दीपक बोहोराले ७० बलमा ७९ रन जोडे । १० चौका र २ छक्का प्रहार गरेका उनी कज़ुमा काटोको बाउन्सरमा कट बिहाईन्ड भएका थिए ।
दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । त्यसअघि ओपनर अर्जुन कुमाल १० रनमा क्याच आउट भएका थिए । २३ बलमा १ चौका प्रहार गरेका उनी डिप स्क्वायर लेगमा क्याच आउट भएका थिए ।
हाल क्रिजमा रहेका आकाशले ३५ रन र कप्तान देव खनालले ८ रन जोडेका छन् । आकाशले ४७ बलमा १ चौका र १ छक्का प्रहार गरिसकेका छन् ।
नेपाल र जापान दुवै आ-आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् । आजको खेल जित्ने टोली मंगलबार हुने फाइनलको लागि छनोट हुनेछ । प्रतियोगिताको शीर्ष ३ टोलीले पाकिस्तानमा हुने यू-१९ एसिया कप खेल्नेछन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]