2 years ago
October 21, 2023
एजेन्सी – आईसिसि क्रिकेट विश्वकप २०२३ अन्तर्गत दिनको दोस्रो खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्ड सामु ४ सय रनको विशाल लक्ष्य पेश गरेको छ ।

इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३९९ रन बनायो ।
दक्षिण अफ्रिका यस विश्वकपमा दोस्रो पटक ४०० रन पार गर्न बाट भने चुक्यो । यसै विश्वकपमा श्रीलंका विरुद्ध दक्षिण अफ्रिकाले ४२८ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासनले शतकीय पारी खेल्दै सर्वाधिक १ सय ९ रन बनाए । उनले मात्र ६७ बलमा १२ चौका र ४ छक्का प्रहार गरे । ओपनर रिजा हेन्ड्रीक्सले ८५ रनको योगदान गरे । उनले ७५ बलमा नौं चौका र तीन छक्का प्रहार गरे। यस्तै र्यासी भ्यान डर डसेनले ६१ बलमा आठ चौका सहित ६० रन बनाए ।
ओपनर क्विन्टन डीकक चार रन बनाएर दोस्रो बलमा नै आउट भएपछि हेन्ड्रीक्स र भ्यान डर डसेनले तेस्रो विकेटका लागि १२१ रनको साझेदारी गरेर इनिङ सम्हालेका थिए ।
यस्तै कप्तान एइडन मारक्रमले ४४ बलमा ४२ रन बनाए। डेभिड मिलरले भने पाँच रन मात्र बनाउन सके । जेराल्ड कोटजीले तीन रन बनाए ।
मार्को यानसनले अभिजित रहँदै ४२ बलमा ७५ रन प्रहार गरे। उनले तीन चौका र छ छक्का प्रहार गरेका हुन् । यस्तै केशव महाराज एक रनमा नटआउट रहे ।
इंग्ल्याण्डका लागि रिस टोप्लीले सर्वाधिक तीन विकेट लिएपछि महंगो सावित भएका थिए । उनले ८.५ ओभरमा ८८ रन दिएका थिए। यस्तै दुई विकट लिएका गस एटकिन्सनए नौं ओभरमा ६० रन दिदा आदिल रशिदले १० ओभरमा ६१ रन खर्चिदै दुई विकेट नै लिए ।
विकट लिन नसकेका डेभिड विलिले नौं ओभरमा ६१ रन दिए भने जो रुटले ६.१ ओभरमा ४८ रन दिए । पेसर मक वुड लान्ज महंगो सावित हुँदै सात ओभरमा ७६ रन दिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]