default_image

2 years ago

October 21, 2023

इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाको सानदार जित

2799 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा साविक विजेता इंग्ल्यान्डमाथि २ सय २९ रनको सानदार जित हात पारेको छ । तेस्रो जितका साथ दक्षिण अफ्रिका अंक तालिकामा ६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । अपराजित रहँदै समान ८ अंक भएपनि न्युजिल्यान्ड नेटरनरेटका कारण शीर्ष र भारत दोस्रो स्थानमा छ ।

जितका लागि ४ सय रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड २२ ओभरमा १ सय ७० रनमा अल आउट भयो । यो इंग्ल्यान्डको विश्वकप इतिहासकै सवैभन्दा ठूलो हार हो । यसअघि इंग्ल्यान्ड विश्वकपमा सन् १९७५ मा भारतसँग २ सय २ रनले पराजित भएको थियो ।

इंग्ल्यान्डका लागि तीव्र गतिका बलर मार्क वुड १७ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ४३ रनमा नट आउट रहे । लुन्गी एनगिडीको तेस्रो ओभरको तेस्रो बलमा स्क्वायर लेगमा जोनी बेयरस्टो १० रनमा डुसेनबाट क्याच आउट भए । यसै ओभरको अन्तिम बलमा लेग साइडमा चौका हान्ने धुनमा जो रुट दुई रनमा डेविड मिलरबाट क्याच आउट भएका थिए ।

मार्को यानसनको छैटौं ओभरको पहिलो बलमा एज लागेर डेविड मलान ६ रनमा विकेटकिपर डि ककबाट क्याच आउट भए । आठौं ओभरमा कागिसो रबाडाको बलमा बेन स्टोक्स ५ रनमा कट एण्ड बोल्ड आउट भए । स्टोक्सले जारी विश्वकपमा पहिलो खेल खेलेका हुन् । कोट्जीकै १२ औं ओभरको पहिलो बलमा कप्तान जस बटलर १५ रनमा डि ककबाट क्याच आउट भए । एक बलपछि ह्यारी ब्रुक १७ रनमा एलबीडब्लू आउट भएपछि इंग्ल्यान्ड ६६-६ को दयनीय अवस्थामा पुग्दै जितको सम्भावना समाप्त भएको थियो ।

तर मार्क वुड र गस एटिक्सनले नवौं विकेटका लागि ३३ बलमा ७० रनको विष्फोटक साझेदारी गरेका थिए । दुबै ब्याटरले दक्षिण अफ्रिका बलरमाथि कान्टर अट्याक गरेका थिए । एटिक्सन २१ बला ७ चौकासहित ३५ रन बनाउँदै केशव महाराजको बलमा बोल्ड आउट भए ।

दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । लुन्गी एनगिडी र मार्को यानसनले समान दुई विकेट लिए ।

त्यसअघि वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाको जितमा मध्यक्रमका ब्याटर हेनरिक क्लासनले ६७ बलमा १२ चौका र ४ छक्कासहित १ सय ९ रनको सानदार शतकीय इनिङ खेले । ओपनर रिजा हेन्ड्रीक्सलेले ७५ बलमा ९ चौका र ३ छक्कासहित ८५ रनको योगदान दिए ।

कप्तान टेम्बा बभुमा विरामी भएछि रिजाले खेल्ने अवसर पाएका थिए । त्यो अवसरलाई उनले भरपूर्ण फाइदा उठाउँदै बभुमाको पूनरागमन नै कठिन बनाएका छन् ।

ओपनर क्विन्टन डि ककलाई दोस्रो बलमै चार रनमा गुमाएको थियो । तर त्यसपछि सानदार ब्याटिङ गर्यो । रास्सी भ्यान डर डसेनले ६१ बलमा ८ चौका सहित ६० रन बनाए । हेन्ड्रीक्स र भ्यान डर डसेनले दोस्रो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेर इनिङ सम्हालेका थिए ।

कप्तान एइडन मारक्रमले ४४ बलमा ४ चौकासहित ४२ रन बनाए । डेभिड मिलरले भने पाँच रन मात्र बनाउन सके । जेराल्ड कोटजीले तीन रन बनाए । मार्को यानसनले तल्लोक्रममा ४२ बलमा ३ चौका र ६ छक्कासहित ७५ रनको विष्फोटक अविजित इनिङ खेलेका थिए ।

इंग्ल्यान्डका रिस टोप्लीले ८.५ ओभरमा ८८ रन खर्चेर ३ विकेट लिए । गस एटिक्सन र आदिल राशिदले दुई दुई विकेट लिए । इंग्ल्यान्ड पहिलो खेलमा न्युजिल्यान्डसँग ९ विकेट र तेस्रो खेलमा अफगानिस्तानसँग ६९ रनले पराजित भएको थियो । बंगलादेशलाई इंग्ल्यान्डले १ सय ३७ रनले हराएको थियो ।

साविक विजेता इंग्ल्यान्डलाई सेमिफाइनलमा पुग्न अव बाँकी पाँच खेल नै जित्नुपर्ने हुन्छ । दक्षिण अफ्रिका यसअघिको खेलमा नेदरल्यान्ड्ससँग ३८ रनले स्तब्ध भएको थियो । श्रीलंकालाई १ सय २ र अष्ट्रेलियालाई १ सय ३४ रनले हराएको थियो । दक्षिण अफ्रिकाले अव २४ अक्टोबरमा बंगलादेशसँग खेल्नेछ । इंग्ल्यान्डले अव २६ अक्टोबरमा श्रीलंकासँग खेल्नेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.