2 years ago
October 22, 2023
एजेन्सी – युएईले त्रिकोणात्मक टि२० आई सिरिजमा हङकङमाथि ६ विकेटको सानदार जित हात पारेको छ । जितको लागि १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको युएईले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
युएईको जितमा कप्तान मोहम्मद वासिमले १७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए । अर्का ओपनर खालिद शाहले ३२ बलमा १ चौका र ३ छक्कासहित ३७, वृत्य अरविन्द २९, एलिशान शरुफु २० र बासिल हामिद ११ रन बनाए ।
हङकङका स्पिनर यासिम मुर्तजाले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । एहसान खान र निजाकत खानले एक एक विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।
हङकङका बाबर हायतले ४५ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६६ रन बनाए । एजिज खानले ४३ बलमा ३ चौका र १ छक्कासहित ४८ रनमा नट आउट रहे । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
युएईका जहुर खानले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । निलांश केश्वानीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । नेपाल चार मध्य तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ ।
युएईले सोमबार नेपालसँग खेल्नेछ । उक्त खेलमा युएई विजयी भएमा फाइनलमा पुग्नेछ । तर नेपालसँग पराजित भएमा युएईले हङकङलाई हराउनु पर्ने हुन्छ । हङकङसँग पराजित भएमा भने नेटरनरेटमा निर्भर हुनेछ । युएई र हङकङबीचको खेल बुधबार हुनेछ । फाइनल शुक्रबार हुनेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]