2 years ago
October 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा डबल राउन्ड रोविनको अन्तिम खेलमा आज युएईसँग खेल्दैछ । खेल दिउँसो ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगि सकेको छ । नेपाललाई फाइनल अघि यो राम्रो अभ्यास खेल हुनेछ ।

नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो । हङकङलाई दुबै खेलमा नेपालले ६ विकेट र ७९ रनले हराएको थियो । नेपाल फाइनलमा पुगि सकेको छ । यो अवस्थामा आज बेन्चमा भएका खेलाडीलाई मौका दिनसक्छ ।
नेपालले आजको खेलमा विवेक यादव, विनोद भण्डारी र लोकेश बमलाई मौका दिनसक्छ । विश्वकप छनोट अघि खेलाडीलाई मौका दिने राम्रो अवसर समेत हो । नेपालका दीपेन्द्रसिंह ऐरी राम्रो लयमा छन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
कुशल मल्ल नेपालका टि२० विशेष खेलाडी हुन् । उनी चलेको खण्डमा नेपालको जित सहज हुनसक्छ । सोमपाल कामी र करण केसीले पावर प्लेमा सानदार बलिङ गर्दै आएका छन् ।

पहिलो खेलमा युएईले नेपालसँग १ सय ४० रन बनाएको थियो । उक्त लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गरेको थियो । हङकङसँग ५५-४ को अवस्थाबाट कुशल मल्लले ४१ बलमा ३ चौका र ९छक्कासहित ९२ रन बनाएका थिए । दीपेन्द्रले ३४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन बनाएका थिए ।
पाँचौं विकेटका लागि १ सय ४५ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए । नेपालका कप्तान रोहित पौडेलले ४० बलमा ५१ रनको अविजित अर्धशतकीय इनिङ खेलेका थिए ।
उक्त खेलमा युएईका बासिल हामिदले अर्धशतक प्रहार गरेका थिए । पहिलो खेलमा वृत्य अरविन्द टोलीमा थिएनन् । तर वित्य आजको खेलमा टोलीमा उत्रिनेछन् । युएईका मोहम्मद वासिम, वृत्य र आसिफ खानको विकेट निकै महत्वपूर्ण हुनेछ ।

यी तीन ब्याटरको प्रदर्शनले जित वा हार निर्धारण हुनेछ । यू१९ प्रिमियर कपको कारण आयन खान र ओपनर अर्यांश शर्मा भने त्रिकोणात्मक सिरिजमा छैनन् । मंगलबार नेपालसँगको खेलपछि यी दुई खेलाडी टोलीसँग जोडिनेछन् ।
उता युएईले हङकङ ६ विकेटले हराएको थियो । फाइनलमा पुग्न बाँकी दुई मध्य एक खेल युएईले जित्नुपर्ने हुन्छ । युएई नेपाललाई हराउँदै फाइनलमा स्थान बनाउन चाहन्छ । नेपालसँग पराजित हुँदा बुधबार हङकङलाई हराउनु पर्ने हुन्छ ।
हङकङसँग हारेको खण्डमा भने युएईको फाइनल खेल्ने समिकरण नेटनरेटमा निर्भर हुनेछ । फाइनल भने कार्तिक १० मा हुनेछ । फाइनल खेल भने टियुमा हुनेछ । त्रिकोणात्मक सिरिज आइसिसी टि२० विश्वकप छनोट अघि अन्तिम तयारी समेत हो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]