2 years ago
October 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर विवेक यादव एक वर्षपछि प्लेइङ-११ मा परेका छन् ।

पछिल्लो समय चोटका कारण टोलीबाहिर रहेका विवेक यूएईविरुद्ध सोमबार हुने त्रिकोणात्मक टि२०आई खेलको अन्तिम लिग खेलका लागि टोलीमा परेका हुन् । उनले पछिल्लो पटक केन्यामा भएको टि२०आई सिरिजमा खेलेका थिए । त्यसयता उनी टोलीबाहिर नै थिए ।
विवेकले सन् २०२२ मा ओमानमा भएको सिरिजमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले विश्वकप छनोटमा पनि यूएईविरुद्ध भएको निर्णायक खेलमा खेलेका थिए । हालसम्म उनले ७ खेल खेल्दै कमजोर प्रदर्शन गरेका छन् ।
विवेकलाई प्रशिक्षक मोन्टी देशाईले टि२० विशेष खेलाडीको रुपमा नै प्रयोग गर्ने निर्णय लिएका थिए । उनले मध्यक्रममा ब्याटिङ गर्नुका साथै तीव्र गतिको बलिङ समेत गर्दै आएका छन् । उनी घरेलु क्रिकेटमा मधेश प्रदेशबाट खेल्ने गरेका छन् ।
यूएईविरुद्ध सोमबार हुने खेलमा विवेकसँगै अभिनाश पनि टोलीमा फर्केका छन् । उनलाई हङकङविरुद्ध शनिबार भएको खेलमा विश्राम दिइएको थियो ।
नेपालको टोली :
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, विवेक यादव, सोमपाल कामी, गुलशन झा, करण केसी, अभिनाश बोहोरा
यूएईको टोली :
मुहमद वसीम, वृत्य अरविन्द, खालिद शाह, आलिशान सराफु, आसिफ खान, बसिल हमिद, नसिर अली, निलांश केश्वनी, जहुर खान, मुहमद जवादुल्लाह, अकिफ राजा
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]