default_image

2 years ago

October 24, 2023

पाकिस्तानमाथि अफगानिस्तानको ऐतिहासिक जित

672 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि ८ विकेटको ऐतिहासिक जित हात पारेको छ । अफगानिस्तानले पहिलो पटक ओडिआई खेलमा पाकिस्तानलाई हराएको हो । जारी विश्वकपमा अफगानिस्तानको दोस्रो जित हो । यसअघि इंग्ल्यान्डलाई हराएको थियो ।

जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ४९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानको जितमा ओपनर इब्राहिम जद्रानले १ सय १३ बलमा १० चौकासहित सर्वाधिक ८७ रनको योगदान दिए ।

रहमानउल्लाह गुरबाजले ५३ बलमा ९ चौका र १ छक्कासहित ६५ रन बनाए । ओपनर गुरबाज र जद्रानले पहिलो विकेटका लागि २१.१ ओभरमा १ सय ३० रनको शतकीय साझेदारीका साथ सहज जितको आधार तय गरेका थियो ।

यो अफगानिस्तानले ओडिआईमा पूरा गर्यो सर्वाधिक ठूलो लक्ष्य पनि हो । यसअघि अफगानिस्तानले ओडिआईमा सर्वाधिक ठूलो लक्ष्य २०१४ मा २ सय ७४ रनको लक्ष्य पूरा गरेको थियो । पाकिस्तानले विश्वकपमा २ सय ७५ माथिको योगफल पहिलो पटक बचाउन नसकेको हो । यसअघि १३ पटक २ सय ७५ माथिको योगफल बचाएको थियो ।

अफगानिस्तानका रहमात शाह ८४ बलमा ५ चौका र २ छक्कासहित ७७ रनमा नट आउट रहे । हश्मातुल्लाह शाहिदी ४५ बलमा ४ चौकासहित ४८ रनमा नट आउट रहे । पाकिस्तानका हसन अली र शाहिन शाह अफ्रिदीले समान एक एक विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ९२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७४ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन ।

ओपनर अब्दूल्लाह शफिक ७५ बलमा ५ चौका र २ छक्कासहित ५८, इमाम उल हक १७, मोहम्मद रिजवान ८, साउद सकिल २५, शादब खान र इफ्तिखर अहमदले ४०-४० रन बनाए ।

अफगानिस्तानका नुर अहमदले १० ओभरमा ४९ खर्चेर ३ विकेट लिए । नविन उल हकले ७ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । मोहम्मद नाबी र आजमतुल्लाह ओमरजाईले एक एक विकेट लिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.