default_image

2 years ago

October 24, 2023

फाइनलमा कप्तान देवको आक्रामक शतक

2984 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-१९ टोलीका कप्तान देव खनालले एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध आक्रामक शतक प्रहार गरेका छन् ।

देवले यूएईविरुद्ध ३५ औं ओभरमा शतक पूरा गरे । शतक पूरा गरेको अर्को ओभरमा उनी क्याच आउट भएका थिए । देवले ९१ बलमा ९ चौका र ३ छक्काको मदतले १ सय रन जोडे ।

नेपालले ३६ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १ सय ८४ रन जोडेको छ । क्रिजमा विकेटकिपर उत्तम २८ बलमा १४ रन बनाएर खेलिरहेका छन् । उनलाई दीपक डुम्रेले साथ दिनेछन् ।

त्यसअघि देव र ओपनर अर्जुन कुमालले तेस्रो विकेटका लागि १ सय २५ रनको साझेदारी गरेका थिए । अर्धशतक बनाएका अर्जुन २६ औं ओभरको चौथो बलमा स्टम्प आउट भए । उनले ७७ बलमा ४ चौकाको मदतले ५५ रन जोडे ।

ओपनर दीपक बोहोरा तेस्रो ओभरमा ५ रन जोड्दै क्याच आउट भएका थिए । लगत्तै चौथो ओभरको अन्तिम बलमा आकाश त्रिपाठी खाता नखोली पेभेलियन फर्केपछि नेपाल १४-२ को स्थितिमा रहेको थियो ।

आजको खेलमा नेपालले अलराउन्डर मिलन बोहराको स्थानमा विकेटकिपर उत्तम थापामगरलाई मौका दिएको छ । उत्तम मध्यक्रममा स्पिन राम्रो खेल्ने गर्दछन् । त्यसैको कारण आज उनलाई मौका दिएको छ । नेपालले सेमिफाइनला जापानसँगको खेलबाट एक बाहेक अन्य परिवर्तन गरेको छैन ।

नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

नेपालले गत फागनुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएइृलाई ७ रनले हराउँदै २०२४ को विश्वकपमा स्थान बनाएको थियो । नेपाल पुन युएईलाई हराउदै उपाधि जित्न चाहन्छ । युएई त्यसको बदला लिन खोज्नेछ । दुबै टोलीमा विश्वकप एसिष क्षेत्र छनोट खेल्दाका खेलाडी छन् ।

नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय २ रनले हराएको थियो । उता युएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो ।

नेपालको प्लेइङ ११ : दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), दीपक प्रसाद डुम्रे, आकाश चन्द, दीपेक कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, उत्तम थापामगर र हेमन्त धामी ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.