default_image

2 years ago

October 25, 2023

फाइनलमा नेपालले युएईसँग भिड्ने

5857 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको उपाधिका लागि नेपालले फाइनलमा युएई विरुद्ध खेल्ने भएको छ ।

आज भएको राउण्ड रोबिनको अन्तिम खेलमा हङकङसँग पराजित भएपनि नेट रनरेटका आधारमा युएई फाइनल प्रवेश गरेको हो । दुवै टोलीको समान २ अंक रहेको थियो । नेपाल यसअघि नै सबै चार खेल जित्दै ८ अंकका साथ फाइनल पुगिसकेको थियो ।

जितका लागि २० ओभरमा २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको युएईलाई हारेपनि नेट रनरेटमा अगाडि रहन १ सय ३४ रन बनाउनु पर्ने थियो । अन्त्यमा युएईले २० ओभरमा ५ विकेटका क्षतिमा १ सय ४३ रन बनायो ।

बसिल अहमदले ३७ बलमा ३ चौका सहित ३० रन बनाउँदै नटआउट रहे। अर्का तिर निलंश केशवानीले २६ बलमा ३ चौका सहित ३१ रन जोडे ।

युएईका लागि खालिद शाहले २५ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ३५ रन बनाए । यस्तै आलिशान शराफुले २१ बलमा ५ चौका सहित ३० रन, ओपनर तथा कप्तान मुहम्मद वासिमले १ र वृत्य अरविन्दले ७ रन बनाउँदा आशिफ खानले खाता खोल्न सकेनन् ।

हङकङका लागि एहसान खान, आयुष शुक्ला, नसरुल्ला राना र यासिम मुर्ताजाले समान एक-एक विकट लिए ।

यसअघि मुलपानीमा टस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा ३ विकेटका क्षतिमा २ सय १२ रनको विशाल योगफल खडा गरेको थियो ।

हङकङका लागि ओपनर मार्टिन कोटजिले ५५ बलमा १० चौका र ४ छक्का सहित ८६ रन बनाए । अर्का ओपनर तथा कप्तान निजाकत खान ९ रन बनाएर आउट भएका थिए । अंशुमन रथले ३५ बलमा २ चौका र १ छक्का सहित ४१ रन बनाए ।

बाबर हयातले २० बलमा ५ चौका र ५ छक्का सहित ६० रनको विस्फोटक पारी खेल्दै नटआउट रहे । यासिम मुर्तजाले अर्का तिर ३ रन बनाए ।

युएईका लागि निलंश केशवानी, संचित शर्मा र अकिफ राजाले समान एक-एक विकट लिएका थिए ।

फाइनल खेल शुक्रबार कीर्तिपूरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.