default_image

2 years ago

October 27, 2023

करण सर्वोत्कृष्ट खेलाडी

11259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अलराउन्डर करण केसी त्रिकोणात्मक टि२० आई सिरिजमा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । नेपाल फाइनलमा युएईसँग चार विकेटले पराजित भएपनि करणले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए ।

करणले ५ खेलमा १० विकेट लिएका थिए । करणले पहिलो खेलमा युएईसँग ३, दोस्रो खेलमा हङकङसँग ४, तेस्रो खेलमा हङकङविरुद्ध २ र युएईविरुद्ध एक विकेट लिएका थिए । फाइनलमा भने करण केसीले ४२ रन खर्चिदा विकेट लिन सकेका थिएनन् ।

करण त्यस्तै सिरिजको उत्कृष्ट बलर पनि चुनिएका छन् । करणले सर्वोत्कृष्ट खेलाडी वापत पल्सरको १ सय ६० सिसीको मोटरसाइकल पाउनेछन् । युएईका बासिल हामिद उत्कृष्ट ब्याटर चुनिएका छन् ।

बासिलले ५ खेलमा कुल १ सय ५९ रन बनाएका थिए । फाइनलमा नेपाललाई हराउन उनले १६ बलमा २ छक्कासहित कुल २२ रन बनाएका थिए । अन्तिम दुई बलमा जितको लागि दुई रन चाहिँदा बासिलले छक्का हान्दै खेल जिताएका थिए । बासिलले पहिलो खेलमा नेपालविरुद्ध ५१ रन बनाएका थिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.