2 years ago
October 27, 2023
एजेन्सी – पाकिस्तानले आइसिससी विश्वकप २०२३ मा दक्षिण अफ्रिकालाई २ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४६.४ ओभरमा २ सय ७० रनमा अल आउट भयो ।

पाकिस्तानका मध्यक्रमका ब्याटर साउद सकिलले ५२ बलमा ७ चौकासहित सर्वाधिक ५२ रन बनाए । कप्तान बाबर आजमले ६५ बलमा ४ चौका र १ छक्कासहित ५०, ओपनर अब्दुल्लाह शफिक ९, इमाम उल हक १२, मोहम्मद नवाज २४, शाहिन शाह अफ्रिदी २, मोहम्मद वासिम जुनियर ७ र मोहम्मद रिजवान ३१ रनमा आउट भए ।
शादब खान ३६ बलमा ३ चौका र २ छक्कासहित ४३ र इफ्तिखार अहमद २१ रनमा आउट भए ।
दक्षिण अफ्रिकाका स्पिनर तबरेज शाम्सीले १० ओभरमा ६० रन खर्चेर ४ विकेट लिए । मार्को यानसनले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ३ विकेट लिए । जेराल्ड कोट्जी ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]