default_image

2 years ago

October 27, 2023

नेपालले फाइनलमा युएईसँग हार्नुको मुख्य पाँच कारण

11184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईसँग चार विकेटले पराजित भयो । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । एक समय दुई सय रन कटाउने सम्भावना देखाएपनि नेपाल मध्यम योगफलमै रोकिएको थियो ।

नेपालका कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाउँदा युएईका आयन खानले तीन महत्वपूर्ण विकेट लिएका थिए । कप्तान मोहम्मद वासिमको आक्रामक ब्याटिङको सहयोगमा युएईले उपाधि जितेको हो । टोलीलाई दुई बलमा दुई रन चाहिँदा बासिल हामीदले छक्का हान्दै खेल सकाएका थिए । नेपालले फाइनलमा युएईसँग हार्नुको पाँच प्रमुख कारण यस प्रकार छन् ।

५.पावर प्लेमा विकेट विहीन हुनु

टि२० क्रिकेटमा विकेट सधैं महत्वपूर्ण हुन्छ । १६० देखी ७० रनको योगफल प्रतिस्पर्धात्मक मानिन्छ । नेपालले उक्त लक्ष्य रक्षा गर्न सुरुवातमा विकेट लिनुपर्ने हुन्थ्यो । तर युएईले पहिलो पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा ६७ रन बनाएको थियो ।

युएईको सुरुवात उसले चाहे जस्तो भएको थियो । युएईको उक्त सुरुवात नेपालको हारको कारण बनी सकेको थियो । नेपालले पावर प्लेमा दुई वा तीन विकेट लिन सकेको भए सायद नतिजा अर्कै हुनसक्थ्यो ।

४.कमजोर फिल्डिङ

नेपालको फिल्डिङ हारको एक कारण बन्यो । नेपालको जित वा हार युएईका मोहम्मद वासिमको प्रदर्शनमा धेरै निर्भर हुने पक्का थियो । वासिम युएईका प्रमुख ब्याटर हुन् । उनी चलेको खण्डमा युएईले कुनैपनि टोलीलाई हराउन सक्छ ।

वासिमले २२ बलमा ७ चौका र २ छक्कासहित ४५ रन बनाउँदै सानदार सुरुवात दिलाउनुको साथै टोलीको जित सहज बनाएका थिए । करण केसीको तेस्रो ओभरको चौथो बलमा प्वाइन्टमा कुशल मल्लले मोहम्मद वासिमको ब्यक्तिगत २३ रनमा क्याच छाड्न पुगेका थिए ।

ललितको चौथो ओभरको पाँचौं बलमा पुनः ३४ रनमा वासिमले कट एण्ड बोल्ड आउट हुनबाट बचेका थिए । अर्कोतर्फ नेपाली फिल्डरको प्रदर्शन पनि राम्रो हुन सकेन । खेलमा नेपालले लगातार मिस फिल्ड गरेको थियो । वासिमको दुई जीवनदानसँगै मिस फिल्ड हारको एक कारण थियो ।

३.अन्तिम १० ओभरमा कमजोर ब्याटिङ

नेपालका ओपनर कुशल भुर्तेल बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कुशलले २९ बलमा ६ चौका र ३ छक्कासहित ५० रन बनाउँदै आउट भएका थिए ।

नेपालले सुरुवाती १० ओभरमा ९५ रन बनाउँदा मात्रै तीन विकेट गुमाएको थियो । नेपालले राम्रो अन्त्य गर्न सकेको भए २ सय रनको आसपासमा योगफल बनाउन सक्थ्यो । तर अन्तिम १० ओभरमा ६७ रन बनाउँदा ५ विकेट गुमायो ।

नेपालका मध्यक्रमका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अन्तिम ६० बलमा राम्रो ब्याटिङ गर्न नसक्नु नै हारको कारण बन्यो ।

२. मोमेन्ट्स युएईको पक्षमा जानु

टि२० क्रिकेटमा मोमेन्ट्स (क्षण) सधैं महत्वपूर्ण हुन्छ । खेलको सुरुवात र अन्त्य दुबैमा मोमेन्ट्स युएईको पक्षमा गर्यो । नेपालले अन्तिम ओभरमा मात्रै दुई रन जोडेको थियो । तीव्र गतिका बलर जहुर खानले अन्तिम ओभरमा लगातार पाँच बल करण केसीलाई डट राखेका थिए । अन्तिम बलमा दुई रन दिए ।

त्यसैको कारण युएई मोेमेन्ट्स आफ्नो पक्षमा लगेर ड्रेसिङ रुममा गएको थियो । करणले यस ओभरमा रन बनाउन सकेको भए सायद नतिजा अर्कै हुनसक्थ्यो ।

अर्कोतर्फ युएईले ब्याटिङमा ड्रिम सुरुवात गर्यो । पहिलो बल नै सोमपाल कामीले नो बल गरेका थिए । बलिङ गर्नेक्रममा खुट्टाले स्टम्प लागेपछि नो बल भएको थियो । फ्रि हिट बलमा छक्का र त्यसपछि लगातार दुई चौका वासिमले प्रहार गरेका थिए ।

हरेक ब्याटर जस्तो सुरुवातको सोच राख्छन् त्यसै आज युएईलाई भएको थियो । पहिलो ओभरमै आक्रामक ब्याटिङ गरेपछि युएईका ब्याटरको मनोबल झन् बढेको थियो । त्यसैको कारण वासिम थप खुलेर खेलेका थिए । कुशल समयमा मोमेन्ट्स गुमाउनु नेपालको हारको कारण हो ।

१ एकै ओभरमा दीपेन्द्र र रोहित आउट हुनु

नेपालको हारको मुख्य कारण नै १३ औं ओभरमा दुई प्रमुख ब्याटर आउट हुनु हो । नेपाल १२ ओभरमा १०८(३ को अवस्थामा थियो । रोहित १६ बलमा १८ र दीपेन्द्र १३ बलमा २० रन खेलेका थिए । यी दुई क्रिजमा हुँदा सम्म नेपालले २ सय रनको आसपासमा रन बनाउने अनुमान गरिएको थियो ।

तर तीव्र गतिका बलर अली नासिरको १३ औं ओभरको पहिलो बल रोहितले प्याडल सर्ट खेल्ने धुनमा चोभार एन्डमा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भएका थिए । बल अपेक्षा भन्दा कम उठ्दा रोहित क्याच आउट हुनु परेको थियो । चौथो बलमा दीपेन्द्र बोल्ड आउट भए । नासिरको इनस्वींग बलमा दीपेन्द्र बोल्ड आउट हुन पुगेका थिए ।

नेपालको हारको टर्निङ प्वाइन्ट ओभर यहिँ थियो । दुई ब्याटर एकै ओभरमा आउट भएपछि तल्लोक्रमका ब्याटर दबाबमा परेका थिए ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.