default_image

2 years ago

October 29, 2023

नेपाल टि२० विश्वकपमा पुग्ने पाँच बलिया आधार

4504 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आफ्नो क्रिकेट इतिहासमा एक पटक मात्रै विश्वकप खेलेको छ । नेपालले सन् २०१४ मा बंगलादेशमा टि२० विश्वकप पहिलो पटक खेलेको थियो । त्यसपछि नेपाल ग्लोबल र एसिया क्षेत्र छनोटबाटै बाहिरिदै आएकोछ । नेपाललाई पुन टि२० विश्वकप खेल्ने स्वर्णिम अवसर छ ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल सोमबार देखी नेपालमा सुरु हुँदैछ । टियु र मुलपानीमा हुने प्रतियोगितामा सेमिफाइनल हुँदै फाइनलमा पुग्ने दुई टोली २०२४ मा हुने टि२० विश्वकप खेल्नेछन् ।

नेपाल, मलेसिया, सिंगापुर र ओमान समूह ए मा छन् । समूह बी मा हङकङ, कुवेत, युएई र बहराइन छन् । समूह ए का टियु र समूह बी का मुलपानी खेलहरु हुनेछन् ।

नेपाल टि२० विश्वकप एसिया क्षेत्र खेल्ने सबैभन्दा माथिल्लो वरियता टोली हो । नेपाल टि२० आई वरियतामा १६ औं, युएई १७ औं र ओमान २० औं स्थानमा छन् ।

नेपालले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएको छ । भारतसहित टेस्ट टोलीविरुद्ध सानदार प्रदर्शन गरेको नेपालको मनोबल उच्च छ । विश्वकप छनोटमा नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपालले विश्वकपमा स्थान बनाउने उच्च सम्भावना छ । नेपालले विश्वकप खेल्ने पाँच बलिया आधार यस प्रकार छन् ।

५. सन्तुलित बलिङ आक्रामण

टि२० क्रिकेटमा उत्कृष्ट बलिङ विना जित हात पार्न कठिन पर्दछ । नेपालको टोलीमा सन्तुलित बलिङ आक्रामण छ । तीव्र गतिका बलरमा सोमपाल कामी र करण केसी हुनेछन् । पावर प्लेमा दुबैले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

दुबै बलरमा एक दशक अनुभव छ । मध्यक्रममा स्पिनर सन्दीप लामिछाने र ललित नारायण राजवंशी हुनेछन् । सन्दीप र ललितको स्पिन आक्रामण सामना गर्न सहज कुनैपनि ब्याटरलाई हुँदैन । मध्यक्रममा नेपालले तीव्र गतिका बलरमा गुलशन झा र स्पिनर दीपेन्द्रसिंह ऐरीलाई प्रयोग गर्नेछ ।

डेथ ओभरमा अभिनाश बोहरा हुनेछन् । नेपालसँग चार तीव्र गतिका बलर छन् । दीपेन्द्रसहित तीन प्रमुख स्पिनर छन् । पार्टटाइममा कुशल मल्ल, रोहित र कुशल भुर्तेल हुनेछन् । नेपालसँग बलिङमा ८ विकल्प हुनेछन् ।

चार तीव्र गतिका बलर र चार स्पिनर छन् । रोहित र कुशल भुर्तेललाई जोड्दा १० विकल्प हुनेछन् । कुनै बलरले खराब प्रदर्शन गर्दा नेपालसँग धेरै विकल्प हुनेछ । पछिल्लो पटक सोमपाल र करण नहुँदा नेपालको बलिङ केहि कमजोर बनेको थियो ।

करण, दीपेन्द्र, सोमपाल, कुशल मल्ल र गुलशन झा जस्ता अलराउन्डरले नेपालको टोली अतिरिक्त बलियो बनाएको छ । टोलीमा अलराउन्डर बढी हुँदा बलिङमा धेरै विकल्प छन् ।

४. ब्याटिङमा गहिराई हुनु

कहिले काहिँ खराब सुरुवात हुनसक्छ । यो अवस्थामा खेलमा फर्किने नेपालको ब्याटिङ लाइनप छ । ओपनरमा आसिफ शेख र कुशल भुर्तेल हुनेछन् । तेस्रो नम्बरमा कुशल मल्ल हुनेछन् । चौथो नम्बरमा कप्तान रोहित पौडेल र पाँचौं नम्बरमा दीपेन्द्रसिंह ऐरी छन् । दीपेन्द्रको लयले नेपाललाई अतिरिक्त फाइदा मिल्नेछ ।

नेपालका तीन तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र गुलशन झा राम्रो ब्याटिङको क्षमता राख्छन् । त्यसैको कारण नेपालको ब्याटिङमा गहिराई छ । नेपालको प्लेइङ-११ मा ललित नारायण राजवंशी र अभिनाश बोहरा बाहेक अन्य सबै ब्याटरले राम्रो ब्याटिङको क्षमता राख्छन् ।

सन्दीपले पनि राम्रो ब्याटिङ गर्दै आएका छन् । नेपालको ब्याटिङक्रम नौं नम्बर सम्म छ । त्यसैको कारण नेपालले राम्रो योगफल बनाउन सक्छ । राम्रो सुरुवात गर्दा विष्फोटक अन्त्य गर्न सक्छ ।

३. एकै टोली लगातार खेल्नु

गत फागुन देखी मुख्य प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेलले टोलीमा एकै टोली खेलाउँदै आएका छन् । फागुन यता टोलीमा अभिनाश बोहरा मात्रै टोलीमा थपिएका छन् । अभिनाशले पनि त्रिकोणात्मक टि२० आई सिरिजमा टोलीसँग खेली सकेका छन् ।

टोलीमा एक अर्का खेलाडीको बारे सबैलाई जानकार छ । एक अर्का खेलाडी प्रति विश्वास पनि छ । सबै खेलाडीलाई एक अर्काको खेल थाहा हुँदा थप खुलेर खेल्न सक्छन् । यसअघिका विश्वकप छनोटमा नेपालले लगातार खेलाडी परिवर्तन गर्ने गर्दथ्यो । जसले गर्दा खेलाडीहरुमा तालमेलको कमी हुन्थ्यो ।

खेलाडीमा म्याच अभाव पनि छैन । सबै खेलाडीले राम्रो म्याच पाएका छन् । फागुन यता नेपालले ३० भन्दा बढी खेल अन्तर्राष्ट्रिय खेल खेलेको छ । त्यसैको कारण खेलाडीमा आफ्नो गल्ती के कस्तो अन्यौल छैन । लगातार एकै टोली आउँदा सबै खेलाडीको भूमिका स्पष्ट छ । त्यसैले गर्दा खेलाडीमा कुनैपनि दुविधा छैन । नेपाली खेलाडीले आफ्नो उत्कृष्ट खेल देखाउन सक्छन् ।

२. उच्च मनोबल

क्रिकेटमा मनोबल सधैं महत्वपूर्ण हुन्छ । पछिल्लो एक वर्षमा नेपाली टोलीको मनोबल उच्चछ । मुख्य प्रशिक्षक मोन्टी देशाई आएपछि नेपालले घरेलु मैदानमा १७ मध्य १६ खेलमा जित हात पारेको छ । नेपालले पछिल्लो समय भारतसँग एसिया कप र १९ औं एसियाली खेलकुद दुबैमा सानदार प्रदर्शन गरेको थियो ।

नेपालले पछिल्लो समय भारत, पाकिस्तान, जिम्बावे र वेस्टइन्डिज जस्ता टेस्ट टोलीसँग खेलेको छ । सबै टोलीविरुद्ध नेपालले राम्रो प्रभाव छाडेको थियो । ठूला टोलीविरुद्ध सानदार प्रदर्शन गरेको हुँदा नेपालको मनोबल उच्च छ ।

यसअघिको छनोटमा नेपाली खेलाडीको मनोबल अन्यौल देखिन्थ्यो । किनभने आफू भन्दा ठूला टोलीविरुद्ध खेल्ने अवसर पाउने थिएन । अन्तर्राष्ट्रिय स्तरमा नेपालले कमजोर ब्याटिङका कारण लगातार हारेको हुन्थ्यो । तर यस पटक नेपालले लगातार जितेको पनि छ । मोन्टीको आगमनसँगै सबै खेलाडी र टोलीको मनोबल उच्च छ । त्यहिँ उच्च मनोबलका कारण नेपालले थप उत्कृष्ट क्रिकेट खेल्ने देखिन्छ ।

१. घरेलु मैदान र दर्शक

घरेलु मैदानमा कुनैपनि टोली अतिरिक्त मजबुत हुन्छ । त्यसको मुख्य कारण घरेलु मैदान, दर्शक र कन्डिसन हो । नेपाली खेलाडी आफ्नो घरेलु मैदानको भरपूर्ण फाइदा उठाउँदै विश्वकपमा स्थान बनाउने सम्भावना देखिन्छ । नेपालले घरेलु मैदानमा पछिल्ला २० खेलमा १८ मा जित र २ मा मात्रै हार व्यहोरेको छ ।

सबै खेलाडीलाई टियु र मुलमानी मैदानको बारे राम्रोसँग जानकारी छ । अर्कोतर्फ नेपाली दर्शकको पनि त्यतिनै राम्रो साथ पाउनेछ । नेपाली हजारौं दर्शक सामु खेल्न विपक्षी कुनैपनि टोलीलाई सहज हुनेछैन ।

घरेलु मैदानमा नेपालले एसोसिएटका सबै प्रमुख टोलीलाई हराउँदै आएको छ । यसअघि नेपालले विदेशी भूमिमा खेल्दा कन्डिसन बुझ्न कठिन पर्ने गर्दथ्यो । नेपाली दर्शकलाई पनि मिस गर्दै आएको थियो ।

नेपालमा जस्तो दर्शक अन्य एसोसिएट टोलीमा हुँदैन । अन्य अधिकाम्स टोलीलाई दर्शक सामु खेल्ने बानी छैन । दर्शकको कारण विपक्षी टोली थप दबाबमा पर्ने देखिन्छ । त्यसैले घरेलु मैदान र दर्शकको हौसलाले गर्दा नेपालले विश्वकपमा स्थान बनाउन सक्छ ।

November 17, 2025

प्रधानमन्त्री कार्कीद्वारा एनपिएलको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)- बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजद सुरु हुँदैछ। एनपिएलको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरेकी छिन्। टियु रंगशालाको सुरक्षा व्यवस्था हाई अलर्टमा रहेको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामाले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। उनले आज नेपाल प्रहरी १ हजार ९ सय, सश्स्त्र प्रहरी २ सय ५० […]

November 17, 2025

काठमाडौंले पहिला बलिङ गर्ने

काकाठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन खेल जितेर काठमाडौं गोर्खाज पहिले बलिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले‌ टस जितेर बलिङ गर्ने निर्णय गरेपछि जनकपुर पहिलो ब्याटिङमा उत्रने भएको छ। जनकपुर बोल्ट्स डिफेन्डिङ च्याम्पियन हो। काठमाडौंले भने गत संस्करण नेट रनरेटको आधारमा प्ले अफमा स्थान बनाउन […]

November 17, 2025

एनपिएलको उद्घाटनमा २ हजार बढी सुरक्षाकर्मी परिचालित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको‌ उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ। आज नेपाल‌ प्रहरीका १ हजार ९ सय, सशस्त्र २ सय ५० र‌ प्राइभेट स्क्युरिटी २ सय परिचालन गरिएको नेपाल क्रिकेट संघ […]

Success

Thank you for your time.