2 years ago
October 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा सोमबार सिंगापुरसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । उपाधिको दाबेदार नेपाल सिंगापुरलाई हराउँदै सानदार सुरुवात गर्न चाहन्छ ।

नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईसँगको खेलबाट टोलीमा परिवर्तन गर्ने पक्का छ । त्रिकोणात्मक सिरिजमा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने थिएनन् । सन्दीप विश्वकप छनोट टोलीमा छन् ।
सन्दीप टोलीमा फर्किदा नेपालले एक खेलाडीलाई बेन्चमा राख्नु पर्ने हुन्छ ।
नेपालले सन्दीप जोरा र ललित नारायण राजवंशी मध्य एकलाई बेन्चमा राख्नेछ । टोलीको समिकरण हेर्दा ललित बेन्चमा बस्नेछन् । सन्दीपलाई राख्दा नेपालको ब्याटिङ केहि कमजोर बन्नसक्छ । त्यसैले ललितलाई नै बेन्चमा राख्ने देखिन्छ । ललित पूर्ण रुपमा फिट पनि छैनन् । सन्दीपलाई अफस्पिनर दीपेन्द्रसिंह ऐरीले साथ दिनेछन् ।
कुशल मल्ल तेस्रो विकल्प हुनेछन् । आवश्यक परेमा रोहित पौडेल र कुशल भुर्तेल पनि स्पिन गर्न सक्छन् । नेपालसँग स्पिनमा पार्टटाइममा धेरै विकल्प छन् । त्यसैले ललितलाई बेन्चमा राख्दै सन्दीपलाई खेलाउने सम्भावना देखिन्छ ।

टोलीमा अन्य परिवर्तन भने देखिदैन । ओपनरमा कुशल भुर्तेल र आसिफ शेख हुनेछन् । कुशलको भूमिका आक्रामक र आसिफको इनिङ विकास हुनेछ । कुशल मल्ल तेस्रो नम्बरमा खेल्नेछन् ।
कुशल नेपालका प्रमुख टि२० खेलाडी हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । कप्तान रोहित पौडेलको भूमिका अन्य ब्याटरलाई खुलेर खेल्ने वातावरण बनाइदिनु पर्ने हुन्छ । रोहितले एक एन्डबाट विकेट जोगाउँदै रन बनाउनु पर्ने हुन्छ ।
दीपेन्द्रसिंह ऐरी पाँचौं नम्बरमा खेल्नेछन् । दीपेन्द्र फिनिसर हुन् । उनीबाट नेपाल राम्रो अन्त्य चाहन्छ । सन्दीप जोरा छैटौं नम्बरमा खेल्नेछन् । नेपालको ब्याटिङमा गहिराई छ ।

सोमपाल कामी सातौं, गुलशन झा आठौं र करण केसी नवौं नम्बरमा खेल्न सक्छन् । राम्रो अवस्थामा करण माथि खेल्दै विष्फोटक अन्त्य गर्न सक्छन् । दशौंमा सन्दीप लामिछाने र ११ औं नम्बरमा अभिनाश बोहरा हुनेछन् । अभिनाश डेथ ओभर स्पेलिष्टको रुपमा खेल्नेछन् ।
नेपालसँग गुलशनसँग चार तीव्र गतिका बलर हुनेछन् । कुशल मल्लसहित तीन स्पिनर हुनेछन् । नेपालको बलिङमा ७ विकल्प हुनेछ । नेपालको ब्याटिङक्रम नौ नम्बरसम्म सन्दीपलाई छाड्दा हुने देखिन्छ ।
नेपालको सम्भावित प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]