default_image

2 years ago

October 30, 2023

नेपाललाई टि२० विश्वकप खेल्ने स्वर्णिम अवसर

1052 views

0 Bookmark

विश्वकप खेल्ने हरेक खेलाडीको सपना हुन्छ । त्यो सपना कमै खेलाडीले पूरा गर्दछन् । नेपाल जस्ता एसोसिएट देशका लागि विश्वकप खेल्नुनै करिअरको सबैभन्दा ठूलो उपलब्धी मानिन्छ । नेपालले सन् २०१४ मा टि२० विश्वकप बंगलादेशमा खेलेको थियो ।

पहिलो पटक विश्वकप खेलेको नेपालले हङकङ र अफगानिस्तानलाई हराउँदै सनसनी मच्चाएको थियो । धेरैले त्यो समय नेपालले अव लगातार विश्वकप खेल्ने बताएका थिए । तर नेपाल पछिल्ला तीन विश्वकपमा छनोट हुन सकेको छैन ।

नेपाल २०१५ मा ग्लोबल छनोट, २०१९ मा एसिया क्षेत्र र २०२१ मा ग्लोबल छनोट ए बाट बाहिरिएको थियो । २०२२ को निर्णायक सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित हुँदै विश्वकपमा पुग्न सकेको थिएन ।

नेपालले पछिल्लो एक दशकमा गुमाएको सबैभन्दा ठूलो अवसर पनि टि२० विश्वकपनै हो । नेपाललाई २०२४ को टि२० विश्वकप खेल्ने स्वर्णिम अवसर छ । त्यसको लागि घरेलु मैदान टियु र मुलपानीमा सोमबार देखी सुरु हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनलमा स्थान बनाउन सक्नुपर्छ ।

नेपाल ९ वर्षपछि विश्वकपमा स्थान बनाउने सोचमा छ । उच्च लय, मजबुत ब्याटिङ, घरेलु मैदान, दर्शक र कन्डिसनमा विश्वकपमा स्थान बनाउने यो नेपालको लागि हालसम्मकै स्वर्णिम अवसर हो । समूह ए मा नेपाल, मलेसिया, सिंगापुर र ओमान छन् । समूह बी मा युएई, हङकङ, बहराइन र कुवेत छन् ।

हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालको लक्ष्य पनि फाइनलमा स्थान बनाउँदै विश्वकप खेल्ने हुनेछ ।

गत फागुन यता नेपालले आफ्नो क्रिकेट स्तर परिवर्तन गरेको छ । मोन्टी देशाई मुख्य प्रशिक्षक बनेर आएपछि नेपालले लगातार एकपछि अर्को ठूलो सफलता हात पार्दै आएको छ ।

आइसिसी विश्वकप लिग–२ मा १२ मध्य ११ खेल जित्दै ओडिआई मान्यता जोगाउनु, विश्वकप छनोटमा स्थान बनाउन, एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप खेल्नु, भारतविरुद्ध सानदार प्रदर्शन लगायत नेपाली खेलाडीको मनोबल उच्च छ ।

नेपालले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रदर्शन गरे अनुसार विश्वकप कुनै कठिन देखिदैन । तर टि२० क्रिकेटमा कुनैपनि भर हुँदैन । एकै ओभरले खेलले नयाँ मोड लिन सक्छ । कुनैपनि टोलीलाई कमजोर आक्न सकिदैन । त्यसैले विश्वकप खेल्न नेपालले आफ्नो उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ ।

नेपालको टोलीमा उत्कृष्ट ब्याटिङ लाइनअप छ । प्लेइङ ११ सन्दीप लामिछाने र अभिनाश बाहेक अन्य सबै खेलाडीले ब्याटिङबाट खेल जिताउन सक्ने खुबी राख्छन् ।

दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्लको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । यी तीन खेलाडी नेपालका टि२० विशेष खेलाडी हुन् । बलिङमा करण केसी र सोमपाल कामीको जोडी झनै महत्वपूर्ण हुनेछ । स्पिनर सन्दीप लामिछानेको नेपालका प्रमुख हतियार हुनेछन् ।

नेपालले यसअघि खेलेका सबै विश्वकप छनोटहरु विदेशी भूमिमा थिए । तर पहिलो पटक घरेलु मैदानमा खेल्दैछ । त्यसैले नेपालले दर्शकको राम्रो साथ पाउनेछ । नेपाली दर्शकसामु खेल्न विपक्षी टोलीलाई सहज हुने छैन । नेपाल जस्तो दर्शक अन्य एसोसिएट देशमा छैनन् । त्यसैले धेरै टोलीहरु दर्शककै कारण दबाबमा पर्न सक्छन् ।

अर्कोतर्फ मोन्टीको प्रशिक्षणमा नेपालले घरेलु भूमिमा १७ मध्य १६ खेल जितेको छ । नेपालले एसोसिएटका प्रमुख स्कटल्यान्डलाई दुबै खेलमा हराएको थियो ।

यसअघिका हरेक प्रतियोगितामा ब्याटिङ नेपालको सधैं कमजोरीको रुपमा रहने गर्दथ्यो । टि२० मा नेपालले १३०/४० मा संघर्ष गर्दै आएको थियो । तर पछिल्लो केहि वर्षममा नेपालले ब्याटिङमा व्याकप परिवर्तन गरेको छ । नेपालले पछिल्लो समय २ सय रन लगातार बनाउँदै आएको छ ।

टियुको ब्याटिङ सहयोगी पिचको नेपालले भरपूर्ण फाइदा उठाउँदै आएको छ । कुशल, भुर्तेल, कुशल मल्ल, रोहित पौडेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा जस्ता ब्याटर नेपालले मैदान उतार्नेछ ।

करण, सोमपाल र गुलशन जस्ता अलराउन्डरले ब्याटिङ झनै राम्रो भएको छ । नेपालले राम्रो सुरुवात गर्दा विशाल योगफल बनाउनेछ । खराब सुरुवात गर्दा पनि नेपालले राम्रो पूनरागमन गर्ने क्षमता राख्छ । त्यसैको कारण सुधारिएको ब्याटिङले नेपालको आशा झनै बढाएको छ ।

पछिल्लो समय नेपालले ठूला टेस्ट टोलीसँग लगातार खेल खेलेको छ । वेस्टइन्डिज, जिम्बावे, भारत, पाकिस्तान, आयरल्यान्ड जस्ता टेस्ट टोलीविरुद्ध नेपालले खेलेको छ । सबै टोलीविरुद्ध नेपालले राम्रो प्रभाव छाडेको छ ।

त्यसैको कारण नेपालको मनोबल उच्च छ । अर्कोतर्फ मोन्टी नेपाली टोलीमा आएपछि ह्याप्पी ड्रेसिङ रुम अभियान चलाएका छन् । लगातार अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्दा नेपालको मनोबल उच्च देखिन्छ ।

अर्कोतर्फ यसअघि नेपालले खेलाडी लगातार परिवर्तन गर्ने गर्दथ्यो । विश्वकप छनोट अघि टोलीमा डेब्यू नै नगरेका खेलाडी लगेर जाने गर्दथ्यो । तर यस पटक टोलीमा गत फागुन देखी लगातार खेल्दै आएका एकै खेलाडी छन् । त्यसैको कारण टोलीको सन्तुलन झनै मिलेको छ ।

कप्तान रोहित पहिलाको सबै कुरा बिर्सेको बताउँछन् । ‘हामीले पहिलाको सबै कुरा बिर्सी सकेका छौं । मुख्य ध्यान अव आउने प्रतियोगितामा छ । विगतमा के भयो त्यो अव परिवर्तन गर्न पनि मिल्दैन । अव आउने खेलहरु कन्ट्रोलमा छन् । कन्ट्रोलमा जे छ त्यहिँ गर्ने हो । सबै जना उत्साहित छन् । हाम्रो लागि एकदमै ठूलो अवसर छ’, कप्तान रोहितले भने ।

मोन्टी पनि एकदमै ठूलो अवसर बताउँछन् । ‘म यो अवसरको सम्मान गर्दछु । पछिल्लो एक वर्षमा हामीले राम्रो क्रिकेट खेलेका छौं । यो हाम्रो लागि एकदमै ठूलो अवसर हो’, मुख्य प्रशिक्षक मोन्टी देशाईले भने ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.