2 years ago
October 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युएईले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा बहराइनलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । समूह बी मा युएईले दुई महत्वपूर्ण अंक जोडेको हो ।

जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको युएईले १८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा युवा अलराउन्डर अली नासिर २६ बलमा ४ चौका र ३ छक्कासहित ४८ रनमा नट आउट रहे । बासिल हामिद ८ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे ।
ओपनर मोहम्मद वासिम १२, अर्यांश शर्मा ९, वृत्य अरविन्द शून्य, आसिफ खान २३ र एलिशान शराफु २७ रनमा आउट भए ।
बहराइनका तीव्र गतिका बलर मोहम्मद रिजवान बटले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । अब्दुल मजिद र सचिन कुमारले एक एक विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । बहराइनका हैदर अलीले ४३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रनको अविजित इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन ।
जुनैद अजिज २५ र सोहेल अहमेद २८ रनमा आउट भए । अन्य बहराइनका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । युएईका जुनैद अजिज र आयन खानले २–२ विकेट लिए । युएईले मंगलबार कुवेत र बिहीबार हङकङसँग खेल्नेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]