2 years ago
October 30, 2023
एजेन्सी – अन्तिम ओभरमा १९ रन जोड्दै राम्रो अन्त्य गरेपछि ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा मलेसियालाई १ सय ५४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन बनायो ।

ओमानका कप्तान जिशान मकसुद ४६ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५६ रनमा नट आउट रहे । मोहम्मद नदीम ११ बलमा २ चौका र १ छक्कासहित २१ रनमा नट आउट रहे ।
अन्तिम ओभरमा रिजवान हैदरलाई मकसुद र नदिमले दुई छक्का र एक चौका गरि कुल १९ रन बनाएको थियो । त्यसअघिको १९ औं ओभरमा ओमानले १४ रन जोडेको थियो ।
ओपनर कश्याप प्रजापति १६ बलमा ३ चौका र १ छक्कासहित २५, प्रतीक अथवले १२, अकिब इलियास ८, शोएब खान ४ र मेहरान खान १५ रनमा आउट भए ।
मलेसियाका विरनदीप सिंहले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । पवनदीप सिंह, रिजवान हैदर र विजय उन्नीले एक एक विकेट लिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]