default_image

2 years ago

October 30, 2023

जिम्बावेले टि२० आईमा १ सय २ रन पनि पूरा गर्न सकेन

5082 views

0 Bookmark

एजेन्सी – नामिबियाले पाँचौं तथा अन्तिम टि२० आई खेलमा टेस्ट टोली जिम्बावेलाई ८ रनले हराएको छ । योसँगै पाँच टि२० आई खेलको सिरिज नामिबियाले ३-२ ले जितेको

जितको लागि १ सय २ रनको सामान्य विजयी लक्ष्य पछ्याएको जिम्बावे १९.२ ओभरमा ९३ रनमा अल आउट भयो । जिम्बावेका ल्यूक जोंगवेले १६ बलमा ३ चौकासहित सर्वाधिक २४ रन बनाए । सिकन्दर राजा २, रयान बर्ल १९, क्वलाइभ माडान्डे १६ र निक वेल्च २३ रनमा आउट भए । अन्य कुनैपनि जिम्बावेका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नामिबियाको जितमा तीव्र गतिका बलर जेजे स्मितले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । स्पिनर बेनार्ड स्कोल्टजले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कप्तान जेरार्ड इरास्मसले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १८.४ ओभरमा १ सय १ रनमा अल आउट भएको थियो । त्यो योगफल नै जितको लागि पर्याप्त बन्यो ।

नामिबियाका जेजे स्मितले २८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २९ रन बनाएका थिए । निकोलस डेविन १९ र जेन फ्रेलिंकले समान १९ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

जिम्बावेका सिकन्दर राजाले ४ ओभरमा २४ रन खचेर ४ विकेट लिएपनि टोलीले जित्न सकेन । टेन्डाई चटाराले ३.४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । रिचर्ड न्गरावले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिए ।

यसअघि नामिबिया पहिलो र चौथो खेलमा समान ७ विकेटले विजयी भएको थियो । जिम्बावेले दोस्रो खेल ५ विकेट र दोस्रो खेल ६ विकेटले हारेको थियो ।

नामिबियाले आइसिसी टि२० विश्वकप अफ्रिका छनोट क्षेत्र अघि जिम्बावेसँग सिरिज खेलेको हो । अफ्रिका छनोट नोभेम्बर २० देखी ३० सम्म हुनेछ । प्रतियोगितामा आयोजक नामिबियासँगै केन्या, नाइजेरिया, रवान्डा, तान्जनिया, युगान्डा र जिम्बावे छन् । शीर्ष दुई टोलीले २०२४ अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.