2 years ago
October 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा सिंगापुरविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा सिंगापुरका कप्तान अरित्र दत्तले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिँदै ओमानलाई ब्याटिङको निम्तो दिएका हुन् ।

सिंगापुरले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । आमार्थ कौललाई बेन्चमा राख्दा अनिश परामलाई आजको खेलमा मौका दिएको छ । ओमानले भने टोलीमा कुनै परिवर्तन गरेको छैन ।
ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रनले हराएको थियो । सिंगापुर नेपालसँग ८ विकेटले हारेको थियो । आजको दोस्रो खेलमा टियुमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।
उता मुलपानीमा पहिलो खेलमा हङकङले बहराइनविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकोछ । हङकङले पहिलो खेलमा कुवेतलाई १६ रनले हराएको थियो । बहराइन युएईसँग ५ विकेटले पराजित भएको थियो । मुलपानीको दोस्रो खेलमा युएई र कुवेत भिड्नेछन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]