default_image

2 years ago

November 1, 2023

विश्वकपमा आज ‘हाइभोल्टेज’ खेल

6839 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप २०२३ मा आज उपाधिका दुई दाबेदार दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ : १५ मा पुणेमा सुरु हुनेछ । दक्षिण अफ्रिका न्युजिल्यान्डलाई हराउँदै सेमिफाइनल यात्रा पक्कै जस्तै गराउन चाहन्छ ।

न्युजिल्यान्ड पनि दक्षिण अफ्रिकालाई हराउँदै विश्वकपमा सेमिफाइनल सम्भावना एक कदम टाढा बनाउने सोचमा हुनेछ । यस विश्वकपमा दुबै टोलीले सानदार ब्याटिङ प्रदर्शन गरेका छन् । दुबै टोलीमा उत्कृष्ट ब्याटर र तीव्र गतिका बलर छन् ।

त्यसैले यस खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । न्युजिल्यान्ड पछिल्लो खेलमा अष्ट्रेलियासँग ५ रनले पराजित भएको थियो । जितको लागि ३ सय ८९ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा ३ सय ८३ रन बनाउन सकेको थियो । उक्त प्रदर्शनले न्युजिल्यान्डको मनोबल उच्च छ ।

युवा ब्याटर रचिन रविन्द्रले उक्त १ सय १६ रनको सानदार शतकीय इनिङ खेलेका थिए । पहिलो खेलमै रचिनले इंग्ल्यान्डविरुद्ध १ सय २३ रन बनाएका थिए । यस विश्वकपमा रचिनले ४ सय ६ रन बनाई सकेका छन् । रचिनले आज पनि खेलमा राज गर्नसक्छन् ।

उता दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डि ककले तीन शतकसहित ४ सय ३१ रन बनाई सकेका छन् । डिककले विश्वकपपछि सन्न्यास लिए प्रतियोगिता अघिनै घोषणा गरेका थिए । त्यसैले उनी यस विश्वकपलाई विशेष बनाउन चाहन्छन् ।

न्युजिल्यान्डका डर्याल मिचेलले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले ६ खेलमा ३ सय २२ रन बनाएका छन् । अष्ट्रेलियाविरुद्ध जेम्श निशमले ५८ रन बनाउँदै थप हौसला प्रदान गरेका थिए । ओपनर डेभन कन्वे चलेको खण्डमा न्युजिल्यान्डलाई हराउन मुश्किल पर्नसक्छ ।

कन्वेले इंग्ल्यान्डलाई हराउन १ सय ५२ रनको अविजित शतकीय इनिङ खेलेका थिए । न्युजिल्यान्ड टम लाथम, मार्क च्यापम्यान र ग्लेन फिलिप्सबाट मध्यक्रममा सानदार प्रदर्शन चाहन्छ ।

उता दक्षिण अफ्रिकाको मध्यक्रम झन् मजबुतछ । युवा ब्याटर एडेन माक्ररम, हेनरिक क्लासेन र रास्सी भानर डर डुसेन जस्ता भरपर्दा ब्याटर छन् । यी तीनै ब्याटरले जारी विश्वकपमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका छन् । माक्ररम घातक बन्नसक्छन् । उनले मध्यक्रममा लगातार जिम्मेवारी इनिङ खेल्दै आएका छन् । श्रीलंकाविरुद्ध ४९ बलमै शतक हानेका थिए ।

दक्षिण अफ्रिको तल्लोकम ब्याटिङ पनि मजबुत छ । डेविड मिलर जस्ता चर्चित फिनिसर टोलीमा छन् । मिलरले एकै ओभरमा खेललाई मोड्न सक्छन् । मार्को यानसनले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् ।

न्युजिल्यान्डमा ट्रेन्ट बोल्ट, लोकी फर्गुसन र म्याट हेनरी जस्ता तीव्र गतिका बलर छन् । उता दक्षिण अफ्रिकामा कागिसो रबाडा, लुन्गी एनगिडी, मार्को यानसन र जेराल्ड कोट्जी जस्ता तीव्र गतिका बलर छन् । दुबै टोलीमा विश्वस्तरिय तीव्र गतिका बलर छन् । दुबै टोलीमा उच्च लयमा रहेका सुपरस्टार ब्याटर र बलर हुँदा यसलाई हालभोल्टेज खेल पनि मानिएको छ ।

न्युजिल्यान्डको स्पिनरमा मिचेल सान्टनार र पार्टटाइममा रचिनबाट स्पिन गराउनेछ । उता दक्षिण अफ्रिका तबरेज शाम्सी र केशव महाराज छन् । न्युजिल्यान्डको भन्दा दक्षिण अफ्रिकाको स्पिन आक्रामण मजबुत देखिन्छ ।

न्युजिल्यान्ड ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका ६ खेलमा ५ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका आज विजयी भएमा शीर्षस्थानमा उक्लिनेछ । भारत ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ ।

अष्ट्रेलिया ६ खेलमा ८ अंकका साथ चौथो स्थानमा छ । दक्षिण अफ्रिकाले आजको खेलपछि आइतबार भारत र १० नोभेम्बरमा अफगानिस्तानसँग खेल्नेछ । उता न्युजिल्यान्डले आजको खेलपछि शुक्रबार पाकिस्तान र ९ नोभेम्बरमा श्रीलंकासँग खेल्नेछ । दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पुग्न एक र न्युजिल्यान्डलाई दुई जित आवश्यक पर्ने देखिन्छ ।

हेड टु हेड :

विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच ८ खेल भएको छन् । न्युजिल्यान्ड ६ र दक्षिण अफ्रिका २ खेलमा विजयी भएका छन् । न्युजिल्यान्डले १९९९ को विश्व कपपछि दक्षिण अफ्रिकासँग हारेको छैन ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.