2 years ago
November 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा जारी आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा समूह बी को सेमिफाइनल समिकरण निकै रोचक बनेको छ । मंगलबार बहराइनले हङकङलाई हराएपछि सबै टोलीको सेमिफाइनल सम्भावना कायमै रहेको थियो ।

समूह ए बाट भने नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गराएका छन् । बिहीबार खेलले समूह ए को विजेता र उपविजेता निर्धारण गर्नेछ ।
उता बिहीबार मुलपानीमा जारी समूह बी का अन्तिम दुई खेलले सेमिफाइनल समिकरण निर्धारण गर्नेछ । सबै टोलीको सेमिफाइनल समिकरण यस प्रकार छ ।
युएई –

युएईको सेमिफाइनल यात्रा औपचारिकता बाँकी देखिन्छ । युएई २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । युएईले बिहीबार हङकङलाई हराए अपराजित रहँदै सेमिफाइनलमा पुग्नेछ ।
हङकङसँग झिनो अन्तरले हार्दा पनि नेटरनरेटको कारण सेमिफाइनलमा पुग्ने देखिन्छ । युएईको नेटरनरेट १.४९६ छ। हङकङसँग फराकिलो अन्तरले हारेको खण्डमा भने उता अंक विहीन कुवेतले बहराइनलाई हराउनुपर्छ । अथवा बहराइनको जितको अन्तर निकै सानो हुनुपर्छ ।
हङकङ –

बहराइनलाई पराजित गरेको भए समूह बी बाट युएईसँगै एक खेल अगावै हङकङ सेमिफाइनलमा पुग्ने थियो । तर अव हङकङले सेमिफाइनल खेल्न बिहीबार युएईलाई हराउनुपर्छ । हराएर मात्रै हुँदैन । नेटरनरेटमा पनि ध्यान दिनुपर्छ ।
अर्को खेलमा कुवेतले हारेको खण्डमा भने बहराइनसँगको नेटरनरेटमा भरपर्नेछ । त्यसैले अर्को खेलमा कुवेतले जितेको खण्डमा हङकङलाई नेटरनरेटको कुनै झन्झट हुनेछैन ।
हङकङ पराजित भएपनि सेमिफाइनलमा पुग्नसक्छ । तर युएईसँग हारको अन्तर झिनो हुनुपर्छ । अर्को खेलमा कुवेतले बहराइनलाई फराकिलो अन्तरले हराउनुपर्छ ।
कुवेतको नेटरनरेट माइनस १.६२३, बहराइनको ०.१६४ र माइनस ०.१०० छ । हङकङले जित निकालेको खण्डमा सेमिफाइनल यात्रा सहज बन्ने देखिन्छ । हङकङ २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ ।
बहराइन :

बहराइन २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । बिहीबार बहराइनले कुवेतमाथि सानदार जित हात पारेको खण्डमा सेमिफाइनलमा स्थान बनाउनेछ । पहिलो खेलमा युएई विजयी भएमा बहराइनलाई नेटरनरेटको कुनै झन्झट हुनेछैन ।
तर पहिलो खेलमा हङकङ विजयी भएमा बहराइनलाई नेटरनरेटको दबाब पनि हुनेछ । बहराइनको खेल दोस्रो हुँदा नेटरनरेट गणना गरेर खेल्नेछ । तर बहराइन पराजित भएको खण्डमा भने अन्य टोलीको नतिजाबाट साथ लिनुपर्छ ।
बहराइन पराजित हुँदा हङकङले पनि पहिलो खेल फराकिलो अन्तरले हार्नुपर्छ । साथै बहराइनको हारको अन्तर पनि झिनो हुनुपर्छ ।
कुवेत :

कुवेत २ खेलमा जित विहीन हुँदै पुछाारमा छ । कुवेत सेमिफाइनल खेल्न पहिला हङकङले हार्नुपर्छ । हङकङले जितेको खण्डमा भने बहराइनसँग खेल्नु अघिनै कुवेत सेमिफाइनल दौडबाट बाहिरिनेछ ।
यदि हङकङले हारेको खण्डमा र बहराइनमाथि विशाल जित हात पार्न सके कुवेतले सबैलाई सरप्राइज दिँदै सेमिफाइनलमा स्थान बनाउन सक्छ । कुवेतको नेटरनरेट माइनसमा हुँदा विशाल जित बाहेक अन्य कुनै विकल्प बाँकी छैन ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]