2 years ago
November 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बहराइन आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा कुवेतसँग ४ विकेटले पराजित भएपनि सेमिफाइनलमा पुगेको छ । हङकङलाई झिनो नेटरनरेटले पछि पार्दै बहराइनले सेमिफाइनलमा स्थान बनाएको हो ।

बहराइन, हङकङ र कुवेतको समान २ अंक थियो । तर बहराइनको नेटरनरेट माइनस ०.३९८, हङकङको माइनस ०.४३३ र कुवेतको माइनस ०.६४९ रह्यो । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले १६.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
कुवेतको जितमा उस्मान पटेलले ३४ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ६४ रनको योगदान दिए । कप्तान मोहम्मद अस्लाम २० बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा नट आउट रहे । बहराइनका अली दाउद र रिजवान बटले समान दुई विकेट लिए ।
त्यसपछि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । बहराइनका इमरान अनवारले २५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए । कुवेतका मिरज अहमद र शिराज खानले एक एक विकेट लिए ।
समूह ए मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । समूह बी मा युएई ३ खेलमा अपराजित रहँदै ६ अंकका साथ शीर्षस्थानमा रह्यो । बहराइन ३ खेलमा २ अंकका साथ दोस्रो स्थानमा रह्यो ।
पहिलो सेमिफाइनल खेलमा शुक्रबार नेपाल र युएईबीच मुलपानी मैदानमा खेल हुनेछ । अर्को सेमिफाइनलमा शुक्रबार नै टियुमा ओमान र बहराइनबीच हुनेछ ।
विजेता दुबै टोली २०२४ को विश्वकप खेल्न पाउनेछन् । फाइनल आइतबार हुनेछ । सेमिफाइनल र फाइनल दुबै खेल बिहान ११ बजे सुरु हुनेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]