2 years ago
November 2, 2023
काठमाडौं( हाम्रो खेलकुद) – नेपालमा जारी आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा युएई र कुवेतबीचको खेलमा छक्का गएको बल लगेर भागेका दर्शकले बिहीबार नेपाल क्रिकेट संघ (क्यान) लाई फिर्ता गरेका छन् ।

बिहीबार ती दर्शकले मुलपानी मैदानमा पुगेर भेन्यु म्यानेजर राजु बस्न्यातलाई उक्त बल फिर्ता गरेर फर्किएका हुन् । राजु बस्न्यातले उक्त बल ती दर्शकले फिर्ता गरेको हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।
दुई दिन अघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा कुवेतले युएईलाई जितको लागि मात्रै ८९ रनको लक्ष्य दिएको थियो । बासिल हामिदले १५ औं ओभरको दोस्रो बलमा मित भावसारलाई प्रहार गरेको बल ती दर्शकले लगेर भागेका थिए ।
मुलपानी एण्डबाट आएको दोस्रो बल बासिलले छक्का हान्दै युएईलाई पाँच विकेटको जित दिलाएका थिए । अफ स्टम्पतर्फ फ्याँकेको बललाई बासिलले डिप मिडविकेटतर्फ छक्का प्रहार गरेका थिए । मुलपानी मैदानको दर्शक बस्ने ठाउँतर्फ गरिएको उक्त विशाल प्रहारसँगै खेल पनि सकिएको थियो ।
धेरैको ध्यान युएईको उक्त जितमा थियो । तर दर्शकको ध्यान युएईसँगै त्यहाँ भएको एक रोचक घटनामा मोडियो । त्यहाँ भएका एक दर्शकले त्यो बल समाए र आफ्नो गोजीमा हालेका थिए । अनि त्यसपछि उनले फिल्मी शैलीमा आफ्नो मोटरसाइकल स्टार्ट गरेर तीव्र गतिमा हाँक्दै भागेका थिए । खेलका अम्पायर बुद्धि बहादुर प्रधानले लगातार बल मागेपनि दर्शक बल लिएर भागिसकेका थिए ।
बाहिर रहेका सुरक्षाकर्मीले बल लगेर भागेको चाल पाउन सकेका थिएनन् । उनी बल लगेर भागेको हुँदा समाउन र रोक्न अन्य दर्शकले भनेका थिए । मुलपानीको दर्शक बस्ने कच्ची मोटरबाटोमा उनले आफ्नो ज्यानको कुनै पर्वाह नै नगरी मोटरसाइकल कुदाए । उनलाई अन्यले रोक्न भनेको सुनेका पनि थिए । तर उनी रोकिएका थिएनन् ।
विजयी छक्का हानेको बल लिएर दर्शक मोटरसाइकलमा भागेपछि.. शीर्षकमा हाम्रो खेलकुदले समाचार प्रकाशित गरेपछि ती दर्शकले उक्त बल फिर्ता गर्ने जनाएका थिए । बिहीबार बल बुझाएर उनी फर्किएका थिए । उक्त बलको मूल्य २५ हजार रुपैयाँ पर्ने गर्दछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]