2 years ago
November 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार राती जाजरकोर्ट केन्द्रबिन्दु बनाएर गएको भुकम्प पिडितको लागि आर्थिक सहयोग गर्ने भएको छ ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनलमा नेपाल र ओमानबीच खेलबाट बिक्री हुने ५० प्रतिशत टिकटको मूल्य भुकम्प पिडितलाई सहयोग गर्ने क्यानले घोषणा गरेको छ ।
क्यानले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नपालीहरु प्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकत पनि गरेको छ ।
घाईते सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल र ओमानबीच हुने फाइनल खेलबाट बिक्री हुने टिकटको ५० प्रतिशत रकम भुकम्प पिडितलाई सहयोग गर्ने घोषणा गरेको छ । शुक्रबार राती ११ : ४७ मा जाजरकोट केन्द्र बिन्दु बनाए ६.४ म्याग्निच्युडको भुकम्प गएको थियो । जाजरकोट र रुकुममा गरि हालसम्म १ सय जना भन्दा धेरैको मृत्यु भई सकेकोछ ।
नेपालले शुक्रबार सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । त्यो खुसी साट्न नपाउँदै पूरा देश नै शोकमा डुबेकोछ । उता ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
समूह चरणमा ओमानले नेपाललाई पाँच रनले हराएको थियो । नेपाल र ओमानबीचको फाइनल खेल आइतबाार दिउँसो ११ बजे सुरु हुनेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]