default_image

2 years ago

November 4, 2023

पाकिस्तानलाई न्युजिल्यान्डको ४ सय २ रनको विशाल लक्ष्य

1875 views

0 Bookmark

एजेन्सी – कप्तान केन विलियम्सन र रचिन रविन्द्रको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानलाई ४ सय २ रनको विशाल लक्ष्य दिएको छ । बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४ सय १ रन बनायो ।

यो न्युजिल्यान्डको ओडिआई इतिहासको दोस्रो ठूलो योगफल हो । न्युजिल्यान्डले २००८ मा आयरल्यान्डविरुद्ध ४ सय २ रन बनाएको थियो । त्यो नै हालसम्मको उच्च योगफल हो ।

न्युजिल्यान्डका ओपनर रचिन रविन्द्रले ९४ बलमा १५ चौका र १ छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेले । जारी विश्वकपमा उनको यो तेस्रो शतक हो । यसअघि रविन्द्रले इंग्ल्यान्डविरुद्ध १ सय २३ र अष्ट्रेलियाविरुद्ध १ सय १६ रन बनाएका थिए ।

कप्तान केन विलियम्सन ७९ बलमा १० चौका र २ छक्कासहित ९५ रनमा आउट भए । चोटपछि फर्किएका उनी शतक बनाउन पाँच रनले चुकेका थिए । स्पिनर इफ्तिखर अहमदको बलमा विलियम्सन फखार जमानबाट क्याच आउट भएका थिए ।

दोस्रो विकेटका लागि रचिन र विलियम्सनले १ सय ४२ बलमा १ सय ८० रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । ओपनर डेभन कन्वे ३९ बलमा ६ चौकासहित ३५ र डर्याल मिचेल २९ रनमा आउट भए । मार्क च्यापम्यान २७ बलमा ७ चौकासहित ३७ रन बनाउँदै आउउट भए ।

ग्लेन फिलिप्स २५ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । मिचेल सान्टनार १७ बलमा २ छक्कासहित २६ रनमा अविजित रहे ।

पाकिस्तानका मोहम्मद वासिम जुनियरले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए । हसन अली, इफ्तिखार अहमद र हरिस रौफले एक एक विकेट लिए । सेमिफाइनलमा स्थान बनाउन यी दुबै टोलीलाई जित्नुपर्ने दबाब छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.