default_image

2 years ago

November 4, 2023

नेपाललाई ओमानसँग बदला लिँदै उपाधि जित्ने अवसर

1641 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आइतबार ओमानसँग खेल्दैछ । खेल ११ बजे बिहान टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

उता ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनलमा पुग्दै दुबै टोली २०२४ को विश्वकपमा स्थान पक्का गरेका छन् । घरेलु टोली नेपाल ओमानसँग समूह चरणको पाँच रनको हारको बदला लिँदै उपाधि जित्न चाहन्छ । युएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोलीको मनोबल उच्च छ । घरेलु मैदान र दर्शकले नेपाल झनै बलियो बन्नेछ ।

समूह चरणमा जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो । अन्तिम ६ बलमा नेपाललाई जितको लागि २६ रन चाहिँदा विवेक यादवले बिलाल खानलाई लगातार तीन छक्का हानेका थिए । तर विवेक चौथो बलमा आउट भएपछि जित टाढिएको थियो । अन्तिम बलमा ६ रन चाहिँदा करण क्याच आउट हुन पुगेका थिए ।

नेपालको हारको मुख्य कारण ११ देखी १६ ओभर थियो । नेपाल ११ ओभरमा ७४-४ को अवस्थाबाट ८५-८ को अवस्थामा पुगेको थियो । नेपालले मध्यक्रममा ३० बलमा ११ रन जोड्दा ४ विकेट गुमाएको थियो । सहज जितको अवस्थाबाट नेपालले हारेको थियो । घरेलु टोली त्यो हारको बदला लिन चाहन्छ ।

नेपालका कुशल भुर्तेल र कुशल मल्ल प्रमुख टि२० खेलाडी हुन् । यी दुई खेलाडीको उच्च प्रदर्शन बिना जित कठिन पर्न सक्छ । ओमानविरुद्ध फाइनल खेल दीपेन्द्रसिंह ऐरी खेल्ने छैनन् ।

विश्वकपमा पुग्न निर्णायक खेल हुँदा दीपेन्द्रले युएईविरुद्ध खेलेका थिए । तर फाइनल खेल हुँदा दीपेन्द्र खेल्ने सम्भावना देखिदैन । खुट्टाको एंकलमा चोट लागेका दीपेन्द्र नखेल्दा सन्दीप जोरा वा विनोद भण्डारी मध्य एक खेल्ने छन् । सन्दीप जोराको सम्भावना बढी छ ।

नेपालको टोलीमा अन्य परिवर्तन छैन । नेपालले करण केसीको स्थानमा ललित राजवंशीलाई मौका दिने सोच्न सक्छ । ललित पूर्ण रुपमा पिट नहुँदा करणका साथ नै जाने देखिन्छ ।

करण र सोमपालबाट राम्रो सुरुवात चाहन्छ । डेथ ओभरमा अभिनाश बोहरा हुनेछन् । डेथ ओभरमा लगातार रन खर्चिदै आएको थियो । युएईविरुद्ध सन्दीप र कुशलले १७ औं र २० औं ओभर गरेका थिए । ओमानविरुद्ध नेपाललाई डेथ ओभरमा स्पिनर लगाउने निर्णय घातक पनि बन्नसक्छ ।

उता अकिब इल्यास र जिशान मकसुद ओमानका प्रमुख हतियार हुन् । यी दुई अलराउन्डरको प्रदर्शन ओमानलाई महत्वपूर्ण हुनेछ । अकिब समूह चरणमा ब्याटिङमा २ रनमा सोमपालको बलमा बोल्ड आउट भएपनि बलिङमा दुई विकेट लिएका थिए ।


बहराइनलाई हराउन उनले चार विकेट लिएका थिए । तेस्रो नम्बरमा खेल्दै आएका अकिब नेपाललाई घातक बन्नसक्ने खेलाडी हुन् । अकिब राम्रो लयमा पनि छन् ।

जिशान आफ्नो अनुभवको फाइदा उठाउन सक्छन् । नेपालविरुद्ध उनले २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रन बनाएका थिए । भारतीय मुलका युवा ब्याटर प्रतीक अथवले पनि राम्रो गर्दै आएका छन् ।

ओमानको ब्याटिङमा गहिराई छ । तीव्र गतिका बलर कलिमुउल्लाह र बिलाल खा बाहेक अन्य सबै ब्याटिङका लागि चिनिन्छन् । तीव्र गतिका बलर बिलाल खानको प्रदर्शन महत्वपूर्ण हुनेछ । ओमानमा सबै भारतीय र पाकिस्तानी मुलका खेलाडी छन् । त्यसैले उनीहरुको प्रदर्शन अनुमान लगाउन मुश्किल पर्ने गर्दछ ।

नेपालका स्पिनर सन्दीप लामिछाने आफ्नो टि२० आई करिअरको १ सय विकेट पूरा गर्न चार विकेट टाढा छन् । ओमानविरुद्ध चार विकेट लिए उनले राशिद खानको ५४ खेलको कीर्तिमान तोड्दै ५२ खेलमा टि२० आईमा सर्वाधिक छिटो १ सय विकेट पूरा गर्नेछन् ।

पछिल्ला पाँच टि२० खेलमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएका छन् । नेपाल र ओमानबीचको खेल कडा हुने अनुमान गरिएको छ । टियुमा नेपाल लगातार दोस्रो पटक उपाधि जित्न चाहन्छ । नेपालले पछिल्लो पटक गत वैशाखमा एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप खेलेको थियो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.