2 years ago
November 4, 2023
एजेन्सी – विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा इंग्ल्यान्डलाई ३३ रनले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । सुरुवाती दुई खेल हारेको अष्ट्रेलियाले त्यसपछि लगातार पाँच खेल जिका साथ सेमिफाइनल नजिक पुगेको हो । साविक विजेता इंग्ल्यान्ड भने लिगबाटै बाहिरिएको छ ।

जितको लागि २ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४८.१ ओभरमा २ सय ५३ रनमा अल आउट भयो । इंग्ल्यान्डका बेन स्टोक्सले ९० बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ६४ रन बनाए ।
डेविड मलानले ६४ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा आउट भए । मोईन अलीले तल्लोक्रममा ४३ बलमा ६ चौकासहित ४२ रन जोडेका थिए । क्रिस वोक्स ३२, डेविड विल्ली १५ र आदिल राशिद २० रना आउट भए ।
अष्ट्रेलियाको जितमा स्पिनर एडम जाम्पाले १० ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ६६ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्स र जोश हेजलवुडले दुई दुई विकेट लिए ।
त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.३ ओभरमा २ सय ८६ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाको जितमा मार्नस लाबुसेनले ८३ बलमा ७ चौकासहित सर्वाधिक ७१ रनको योगदान दिए ।
स्टिभ स्मिथ ५२ बलमा ३ चौकासहित ४४, ट्रविस हेड ११, डेविड वार्नर १५ र जोश इंग्लिस ३ रनमा आउट भए । क्यामरन ग्रीन ५२ बलमा ५ चौकासहित ४७ रनमा आउट भए । मार्कस स्टोइनिसले ३२ बलमा ३ चौका र २ छक्कासहित ३५ रन बनाए । एडम जाम्पाले १९ बलमा ४ चौकासहित २९ रन जोडे ।

इंग्ल्यान्डका क्रिस वोक्सले ९.३ ओभरमा ५४ रन खर्चेर ४ विकेट लिए । मार्क वुडले १० आोभरमा ७० रन खर्चेर २ विकेट लिए । आदिल राशिदले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । डेविड विल्ली र लियाम लिभिङस्टनले समान एक विकेट लिए ।
इंग्ल्यान्ड ७ खेलमा १ मा जित र ६ मा हारसहित २ अंकका साथ पुछारमा छ । इंग्ल्यान्डले अव नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्न बाँकी छ । तर दुई खेल अगावै बाहिरिएको छ ।
भारत ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ । दक्षिण अफ्रिका ७ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ । भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन् ।
अष्टेलिया ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । अष्टेलियाले अव अफगानिस्तान र बंगलादेशसँग खेल्नेछ । बाँकी दुई मध्य एक खेलमा जित निकाले सेमिफाइनल खेल्नेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]