2 years ago
November 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपाल र ओमानबीचको खेल टाई भएको छ ।

जितको लागि १ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । योसँगै सुपर ओभर हुनेछ । नेपाललाई जितको लागि अन्तिम ६ बलमा ८ रन रोक्नु पर्ने थियो । सन्दीपले पहिलो बल मोहम्मद नदीमलाई एक रन दिँदा दोस्रो बलमा आयन खानको विकेट लिएका थिए ।
लङअनमा आएन खान रोहित पौडेलबाट ८ रनमा क्याच आउट भएका थिए । अर्को बलमा एज लागेर सकिल अहमद क्याच आउट भएपछि तीन बलमा ओमानलाई जितको लागि ७ रन चाहिँएको थियो । चौथो बलमा फयाज बटले एक रन लिए । अन्तिम दुई बलमा ६ रन चाहिँएको थियो । पाँचौं बलमा चौका भएको थियो ।
अन्तिम बलमा ओमानले एक रन बटुलेपछि खेल सुपर ओभर भएको थियो । ओमानका कश्याप प्रजापतिले ५२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए । अकिब इल्यास १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा आउट भए । उनी गुलशन झाको बलमा सन्दीप जोराबाट प्वाइन्टमा क्याच आउट भए ।
दोस्रो विकेटका लागि अकिब र कश्याप प्रजापतिले ६७ रनको साझेदारी गरेका थिए । कप्तान जिशान मकसुद १८ बलमा २ चौका र १ छक्कासहित २६ रनमा क्याच आउट भए । जिशान विवेक यादवको बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा रोहित पौडेलबाट क्याच आउट भएका थिए । अभिनाश बोहराको १७ औं ओभरको पाँचौं बलमा कश्याप प्रजापति रोहित पौडेलबाट क्याच आउट भए ।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । करण केसीले २ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । नेपालका सोमपाल कामीले ३ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । गुलशन झाले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]