2 years ago
November 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी प्रमुख तीव्र गतिकी बलर कविता कुँवर तीन महिना मैदान बाहिर हुने भएकी छिन् । एपेन्डिक्सको शल्यक्रियाको कारण तीन महिना मैदान बाहिर रहने कविताले हाम्रो खेलकुदलाई जानकारी दिएकी छिन् ।

कविताले एपेन्डिक्सको कारण गत पाँच गते गृहजिल्ला धनगढीमा रहेको माया मेट्रो अस्पतालमा शल्यक्रिया गरेकी थिइन् । ‘मेरो गत पाँच गर्ते माया मेट्रो अस्पतालमा शल्यक्रिया भएको हो । चिकित्सको सल्लाह अनुसार तीन महिना विश्राम गर्नुपर्छ । अहिले हल्का दुखाई छ’, कविताले हाम्रो खेलकुदसँग भनिन् ।
कविता नेपालकी प्रमुख बलर हुन् । नेपालले अर्को सातादेखी हङकङमा चार देश सम्मिलित महिला टि२० आई सिरिज खेल्दैछ । उक्त सिरिजमा नेपाल, हङकङ, मलेसिया र युएई हुनेछन् । त्यसैको कारण उनी टोलीमा छैनिन् ।
कविता तीव्र गतिसँगै राम्रो ब्याटिङको क्षमता राख्छिन् । उनले ओपनिङ देखी तल्लोक्रम कुनैपनि स्थानमा ब्याटिङ गर्ने गर्दछिन् । बलिङमा उनको गतिको सामना गर्न विपक्षीलाई कठिन पर्दै आएको छ ।
२० वर्षीय कविताले नेपालबाट ४२ टि२० आई खेलमा ३७ विकेट लिनुको साथै १ सय ५३ रन बनाएकी छिन् । उनी नहुँदा नेपाली टोलीमा बलिङ आक्रामण मात्रै होईन टोली सन्तुलनमै ठूलो असर पर्ने देखिन्छ ।
कविताको पूरा क्रिकेट जीवनी यहाँ पढ्नुहोस् : उद्वेग कविताको विश्वकप र विदेशी लिग खेल्ने सपना
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]