default_image

2 years ago

November 8, 2023

स्टोक्सको शतकमा इंग्ल्यान्डको विशाल योगफल

3532 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर बेन स्टोक्सको शतकमा इंग्ल्यान्डले आइसिसी विश्वकप २०२३ मा नेदरल्यान्ड्सलाई ३ सय ४० रनको विशाल लक्ष्य दिएको छ । पुणेमा टस जितेर पहिला ब्याटिङको रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३९ रन बनायो ।

इंग्ल्यान्डका बेन स्टोक्सले ८४ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक १ सय ८ रनको शतकीय इनिङ खेले । सातौं विकेटका लागि स्टोक्स र क्रिस वोक्सले ८१ बलमा १ सय २९ रनको शतकीय साझेदारी गरेका थिए । वोक्स ४५ बलमा ५ चौका र १ छक्कासहित ५१ रनमा आउट भए ।

ओपनर डेविड मलान ७४ बलमा १० चौका र २ छक्कासहित ८७ रनमा रन आउट भए । ओपनर जोनी बेयरस्टो १५, जो रुट २८, ह्यारी ब्रुक ११, जस बटलर ५ र मोईन अली ४ रनमा आउट भए ।

नेदरल्यान्ड्सका बास डि लिडले १० ओभरमा ७४ रन खर्चेर ३ विकेट लिए । अर्यान दत्तले १० ओभरमा ६७ रन खर्चेर २ विकेट लिए । लोगन भान बिकले १० ओभरमा ८८ रन खर्चेर २ विकेट लिए । पल भान मार्केनले एक विकेट लिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.